+
+
Shares

रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प*

यसअघि भूकम्पको तीव्रता ८ म्याग्निच्युड अनुमान गरिएको थियो, जसलाई पछि बढाएर ८.८ बनाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते ६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुसको सुदूरपूर्वी तटमा बुधबार ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
  • भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ र काम्चात्का प्रायद्वीपका गभर्नरले तटीय क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन् ।
  • जापान, हवाई र अलास्काका केही भागमा पनि सुनामीको पूर्वसूचना जारी गरिएको छ र रुसी टापु साखालिनका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

१४ साउन, काठमाडौं । रुसको सुदूरपूर्वी तटमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (USGS) ले बुधबार यो जानकारी दिएको हो ।

यसअघि भूकम्पको तीव्रता ८ म्याग्निच्युड अनुमान गरिएको थियो, जसलाई पछि बढाएर ८.८ बनाइएको हो ।

USGS का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर (८५ माइल) टाढा र १९ किलोमिटर गहिराइमा गएको हो । शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ ।

रुसको काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको भन्दै त्यहाँका गभर्नर भ्लादिमिर सोलोदोभले स्थानीय बासिन्दालाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेका छन् । अहिलेसम्म न्यून क्षतिको मात्र रिपोर्ट आएको उनले जनाएका छन् ।

जापानको मौसम विज्ञान एजेन्सीले पनि जापानका तटीय क्षेत्रहरूमा १ मिटर अग्लोसम्म छाल आउन सक्ने भन्दै सतर्कताको सूचना जारी गरेको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले जनाएको छ ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले प्रारम्भिक भूकम्पीय मापदण्डका आधारमा व्यापक र खतरनाक सुनामी आउने सम्भावना रहेको जनाएको छ ।

हवाई टापुहरूमा र अलास्का राज्यको एल्युसियन टापु समूहका केही भागका लागि पनि सुनामीको पूर्वसूचना जारी गरिएको छ ।

यसैबीच, भूकम्पको केन्द्रभन्दा दक्षिण पश्चिममा पर्ने रुसी टापु साखालिनबाट पनि बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको साखालिनका गभर्नर भ्यालेरी लिमारेन्कोले बताएका छन् ।

भूकम्पको केन्द्रबिन्दु रुसको सुदूरपूर्वी काम्चात्का प्रायद्वीपको समुद्री तट बाहिर रहेको छ । यो क्षेत्र कम जनसंख्यायुक्त र दुर्गम मानिन्छ ।

काम्चात्का क्षेत्र प्रशान्तको ‘रिङ अफ फायर’ मा पर्दछ, जुन विश्वका सबैभन्दा सक्रिय भूकम्पीय र ज्वालामुखीय क्षेत्रहरूमध्ये एक हो ।

 

(यसअघि अन्तर्राष्टिय सञ्चारमाध्यमहरुमा भूकम्पको मापन ८.७ भनेर उल्लेख गरिएकाले पुन सच्चाइएको । -सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?