
१४ साउन, हेटौंडा । बागमती प्रदेश सरकारको सत्ता साझेदार दल नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको आज बुधबार बैठक बस्दैछ ।
बागमती प्रदेशको समसामयिक राजनीतिक अवस्था र भावी रणनीतिबारे छलफल गर्न दलको बैठक बस्न लागेको प्रमुख सचेतक मधुसुदन पौडेलले जानकारी दिए ।
बैठकमा हालको राजनीतिक परिस्थिति, सरकार सञ्चालनको अवस्था, संसदीय दलको भूमिकासहित आगामी रणनीतिबारे विस्तृत छलफल हुने बताइएको छ।
बैठकका एजेन्डाबारे आधिकारिक रुपमा केही उल्लेख नभए पनि प्रदेश सरकारमा देखिएको अस्थिरता, सत्ता समीकरणको सम्भावित पुनर्संरचना र एमालेको भूमिका सम्बन्धमा कुराकानी हुने आकलन गरिएको छ ।
बागमतीमा मुख्यमन्त्री बहादुर सिंह लामालाई कांग्रेसले दलको नेताबाट हटाएको छ । आज नेता चयन गर्न चुनाव हुँदैछ । नयाँ नेतालाई मुख्यमन्त्री बनाउने कसरतमा कांग्रेस छ ।
सत्ताको नेतृत्व गरेको दलको आन्तरिक कलहरले सरकारमा पारेको प्रभावकाबारेमा पनि एमाले बैठकमा छलफल हुनेछ ।
प्रतिक्रिया 4