
१४ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीको शपथ रोकिएको छ ।
आज बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरूङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका थिए ।
उनीहरूको शपथ बिहान ९ बजे प्रदेश प्रमुख कार्यालयमा गराउने तयारी थियो । नवनियुक्त मन्त्रीहरूको शपथ हुने सम्बन्धि जानकारी प्रदेश प्रमुख कार्यालयलाई पनि गराइएको थियो । तर, शपथ हुन सकेन ।
नेकपा एमालेले संवेदनशील अवस्थामा मन्त्री नियुक्त गर्नु उपयुक्त नहुने धारणा राखेपछि मुख्यमन्त्री लामा रोकिएका हुन् ।
नेकपा एमाले संसदीय दलका नेता नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बहादुरसिंह लामालाई फोन गरेर सरकार विस्तार नगर्न अनुरोध गरेका थिए ।
मन्त्री नियुक्ति र शपथले गलत सन्देश जाने उनले बताएका छन् । एमालेको आग्रहपछि मुख्यमन्त्री लामा अन्योलमा परेका छन् ।
प्रतिक्रिया 4