+

‘ओलम्पिक कमिटीको तदर्थ समिति छिटै गठन हुन्छ’

२०८२ साउन  १४ गते ११:२५ २०८२ साउन १४ गते ११:२५
‘ओलम्पिक कमिटीको तदर्थ समिति छिटै गठन हुन्छ’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति छिट्टै गठन गर्ने बताएका छन्।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ ओलम्पिक कमिटी गठन गर्ने निर्देशन दिएका छन्।
  • मन्त्री चौधरीले प्रधानमन्त्रीको निर्देशन अनुसार ओलम्पिक विवादबारे चाँडै पत्रकार सम्मेलन गर्ने बताएका छन्।

१४ साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चाैधरीले नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति छिट्टै गठन गर्ने बताएका छन् ।

बुधबार नेपाल एथ्लेटिक्स संघको साधारण सभा तथा निर्वाचन कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चाैधरीले ओलम्पिक कमिटीको नयाँ समिति गठन गर्ने बताएका हुन् ।

उनले नेपाल ओलम्पिक कमिटीमा देखिएको विवादको विषयमा प्रधानमन्त्रीको निर्देशन अनुसार नै ओलम्पिक कमिटीको तदर्थ समिति गठन गर्न लागेको जानकारी दिए ।

आइतबार राति २२ खेल संघ र युवा तथा खेलकुद मन्त्री चाैधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी ओलम्पिक विवादबारे जानकारी गराएका थिए ।

त्यसमा प्रधानमन्त्रीले नयाँ ओलम्पिक कमिटी नै गठन गर्ने निर्देशन दिएको सहभागीहरूले बताएका थिए ।

खेलकुदमन्त्रीले पनि प्रधानमन्त्रीको निर्देशनबारे चाँडै पत्रकार सम्मेलन गरेर सबै जानकारी गराउने बताएका थिए ।

तर एथ्लेटिक्स संघको निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री चाैधरीले ओलम्पिक कमिटीको तदर्थ समिति गठन गर्ने बताएका हुन् ।

खेलकुदमन्त्री तेजुलाल चौधरी नेपाल ओलम्पिक कमिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय