+
+
Shares

‘डिप बोरिङले तराई मरुभूमि बन्न सक्छ, ध्यान दिऔं’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १३:११

१४ साउन, काठमाडौं । मधेश प्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य संकट समाधानका लागि कृषि बाली परिवर्तन गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

मधेश लगायत मुलुकका अधिकांश तराई क्षेत्रमा मनसुनको समयमा धान खेती हुँदै आएकामा खडेरीले रोपाइँमा समस्या भएको छ ।

कृषि विज्ञ डा. कृष्ण पौडेलका अनुसार कारण खडेरीका कारण खाद्य सुरक्षामा नै जोखिम बढ्ने र सुक्खा स्थान अनुकूल खेती गर्नुपर्ने आवश्यकता छ ।

पौडेलले मधेश तथा तराई क्षेत्रमा देखिएको खडेरीको समस्या आकस्मिक नभएको बताए ।

कृषि क्षेत्रमा प्रयोग गरिएको विषादी र रसायनले माटोको उर्वर शक्ति गुमाएको र त्यसले वातावरण तातो बनाएर हालको खडेरीको समस्या निम्तिएको डा. पौडेलको भनाइ छ ।

सोही कारण आगामी दिनमा कृषि प्रणाली परिवर्तन गरि तराई क्षेत्रको वातारण चिसो बनाउन हरियाली कायम गर्नेतर्फ अग्रसर हुनुपर्ने उनको भनाइ छ ।

कृषि बालीमा सिर्जित समस्या समाधानका लागि भन्दै सरकारले घोषणा गरेको डिप बोरिङ बनाउने घोषणाले तराईलाई मरुभूमि बनाउनसक्ने भएकाले वैकल्पिक उपायतर्फ लाग्नुपर्ने उनको भनाइ थियो ।

यस्तै, कार्यक्रममा वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले जलवायु परिवर्तनबाट मानव मात्र नभई वन्यजन्तु र वनस्पती समेत प्रभावित भएकाले ती क्षेत्रका मुद्दा समेत उजागर हुनुपर्ने बताए ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय अदालतले वन्यजन्तु र वनस्पतिको मद्दा उठाउन बाटो देखाएको उनले बताए ।

यस्तै, अर्का वरिष्ठ अधिवक्ता राजु चापागाईंले जलवायु न्यायका लागि सरकार लगायत सरोकारवालाले भावी पुस्ताको अधिकारको समेत ध्यान दिनुपर्ने बताए ।

दुई पुस्ताबीचको अन्तरसम्बन्ध मजबुत बताउन समेत जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्नुपर्ने वरिष्ठ अधिवक्ता चापागाईंको भनाइ छ ।

सञ्चारीका समूहकी अध्यक्ष कमला पन्थीले जलवायू न्यायबाट विशेषगरी महिलाहरू प्रभावित भएको बताए । सुक्खा भएसँगै पानीका लागि लामो यात्रा गर्दा महिलाहरु प्रभावित हुने गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?