+
+
Shares

रुसमा शक्तिशाली भूकम्प गएपछि जापानमा सुनामीको चेतावनी, १९ लाख मानिसलाई घर छाड्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुसको कामचट्का प्रायद्वीप नजिक ८.८ म्याग्निच्युडको भूकम्प गएको छ।
  • जापानको मौसम विज्ञान विभागले सुनामीको खतरा जारी गर्दै १९ लाखभन्दा बढी मानिसलाई घर छाड्न आदेश दिएको छ।
  • जापानको होक्काइदोदेखि वाकायामा प्रान्तसम्म मानिसहरुलाई उच्च स्थानमा सर्न सरकारी अधिकारीहरुले चेतावनी दिएका छन्।

१४ साउन, काठमाडौं । रुसमा शक्तिशाली भूकम्प गएपछि सुनामीको खतराको बढेको भन्दै जापानमा १९ लाखभन्दा बढी मानिसलाई घर छाड्न आदेश जारी भएको छ ।

 मंगलबार रुसको सुदूरपूर्वी तटीय क्षेत्र कामचट्का प्रायद्वीप नजिक ८.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

जापानको मौसम विज्ञान विभागले आफ्नो पूर्वी तटका अधिकांश क्षेत्रमा सुनामीको खतरा जारी भएको अलजजिराले उल्लेख गरेको छ । विभागले समून्द्री क्षेत्रमा ९.८ फिट (३ मिटर) उचाइसम्मको छाल उठ्न सक्ने चेतावनी दिएको छ ।

जापानको होक्काइदोमा मानिसहरु घरको छतमा जम्मा हुँदै गरेका भिडियो फूटेजहरु सार्वजनिक भएका छन् ।

जापानको उत्तरी तटीय क्षेत्रमा घर छाडेर कतै उचाइको क्षेत्रमा बस्न सरकारी अधिकारीहरुले चेतावनी जारी गरेका छन् । जापानको प्रशान्त तटमा सुनामीका दर्जनौं लहर ठोक्किन थालेका छन् ।

प्रशान्त तटबाहेक उत्तरमा होक्काइदोदेखि दक्षिणमा वाकायामा प्रान्तसम्म मानिसहरुलाई घर खाली गरेर अन्यत्र सर्न चेतावनी जारी भएको अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?