
News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको २२० केभी त्रिशुली-३ बी हब सबस्टेसनमा पुनः क्षति पुर्याएको छ।
- बाढीले सबस्टेसनको पर्खाल लच्किएर बगाएको र बाढी पस्नसक्ने अवस्था देखिएको प्रवक्ता राजन ढकालले बताए।
- रसुवा र नुवाकोटको नदी किनार डुबानमा परेको र चीनले मितेरी पुल निर्माण काम बन्द गरेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
१४ साउन, काठमाडौं । रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको २२० केभीको त्रिशुली-३ बी हब सबस्टेसनमा पुनः क्षति पुर्याएको छ ।
अघिल्लोपटकको बाढीले पनि यो सबस्टेसनमा ठूलो क्षति पुगेको थियो । सबस्टेसनमा लगाइएको पर्खाल बाढीका कारण लच्किएको र त्यो बगाएको अवस्थामा सबस्टेसनमा बाढी पस्नसक्ने अवस्था देखिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए ।
अन्य प्लान्टहरुमा भने क्षति नभएको उनले बताए । तर बाढीले बाटो बगाएको हुँदा पुनर्निर्माणको काम प्रभावित हुने प्रवक्ता ढकालले जनाएका छन् ।
भोटेकोशीमा फेरि पनि ठूलो बाढी आउँदा रसुवा र नुवाकोट जिल्लाका नदी किनारको क्षेत्र डुबानमा परेको छ । बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
नयाँ बाढीका कारण गत असार २५ गते आएको बाढीले बगाएको नेपाल–चीन मितेरी पुल रहेको क्षेत्रमा चीनले थालेको निर्माणको काम बन्द भएको छ ।
प्रतिक्रिया 4