News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले भुटानमा अगस्ट ६ देखि ११ सम्म हुने एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाने टोलीलाई दशरथ रंगशालामा बिदाई गरेको छ।
- नेपाल समूह ए मा रहेको प्रतियोगितामा उत्तर कोरिया, भुटान र साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ।
- नेपालको अन्तिम टोलीमा ३ गोलकिपर, १२ डिफेन्डर, ५ मिडफिल्डर र ७ फर्वार्ड रहेका छन्।
१४ साउन, काठमाडौं । भुटानमा अगस्ट ६ देखि ११ सम्म आयोजना हुने एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली यू-२० महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ ।
अखिल नेपाल फुबल संघ (एन्फा)ले बुधबार दशरथ रंगशालामा एक कार्यक्रम गर्दै बिदाई गरेको हो । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा महासचसव किरण राई लगायतले बिदाई गरे ।
प्रतियोगितामा नेपाल समूह ए मा छ । यस समूहमा उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन् ।
उमेर समूहको विश्वकि जितिसकेको उत्तर कोरिया सबैभन्दा बलियो टोलीको रुपमा छ । नेपालले उत्तर कोरिया जस्तो बलियो टिमसँग खेल्दा अनुभव हासिल गर्ने माैका हुने एन्फाको विश्वास छ ।
नेपालको अन्तिम टोली
गोलकिपर : लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ
डिफेन्डर : सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया
मिडफिल्डर : कविता गुरुङ, सुसिला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान), सेनु परियार
फर्वार्ड : कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर
प्रतिक्रिया 4