+
+
Shares

प्रधानमन्त्रीको भारत भ्रमणका कारण सर्‍यो ‘पावर समिट’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १८:४१

१४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका कारण स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गर्ने ऊर्जा सम्मेलन मिति परिवर्तन भएको छ ।

यसअघि इप्पानले १ र २ असोज २०८२ मा पावर समिट आयोजना गर्ने निर्णय गरेको थियो । सोही बेला प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भएको र उक्त भ्रमणमा इप्पान पदाधिकारीको समेत सहभागिता हुने भन्दै पावर समिट पछाडि सार्ने निर्णय भएको इप्पानले जनाएको छ ।

अब पावर समिट २०२५ सोल्टी होटलमा २९ र ३० असोजमा आयोजना हुने भएको छ । सन् २००६ देखि हरेक २/२ वर्षमा आयोजना हुँदै आएको पावर समिटको यो नवौ संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?