News Summary
Generated by OK AI. Editorially reviewed.- एसियाली यू–१९ तथा यू–२२ बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली १४ साउनमा थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ।
- जुलाइ ३१ देखि सुरु हुने प्रतियोगितामा यू–१९ को ५० केजीमुनि चन्दन शाही र ६० केजीमुनि शेराप गेल्छेन शेर्पा तथा यू–२२ को ५० केजीमुनि अर्पिल राना र ६० केजीमा इन्द्रबहादुर सुनारले प्रतिस्पर्धा गर्ने छन्।
- टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले र महासचिव मानबहादुर भण्डारीले बिदाइ गरेका छन्।
१४ साउन, काठमाडौं । एसियाली यू–१९ तथा यू–२२ बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।
जुलाइ ३१ तारिखदेखि सुरु हुने प्रतियोगितामा ४ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
यू–१९ को ५० केजीमुनि चन्दन शाही र ६० केजीमुनि शेराप गेल्छेन शेर्पा तथा यू–२२ को ५० केजीमुनि अर्पिल राना र ६० केजीमा इन्द्रबहादुर सुनारले प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षकमा दीपक महर्जन रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले र महासचिव मानबहादुर भण्डारीलगायतले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतिक्रिया 4