+
+
Shares

पद्मश्री पुरस्कारका लागि ५ कृतिको सूची सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते ९:३५

१५ साउन, काठमाडौं । पद्मश्री साहित्य पुरस्कारको लागि छनोट भएका कृतिको संक्षिप्त सूची सार्वजनिक भएको छ ।

२०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्राप्त भएकोमा यसअघि १५ कृति छनोट गरिएको थियो । ती कृतिमध्येबाट ५ वटा छनोट गरिएको हो ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अनुसार उरमाल (आख्यान), छालबाटो (गैरआख्यान), प्रणाम सगरमाथा (नियात्रा), स्व (उपन्यास) र हिउँको गीत (उपन्यास) संक्षिप्त सूचीमा परेका छन्  । यही सूचीबाट एक पुस्तकलाई पद्मश्री पुरस्कारका लागि छनोट गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?