+
+
Shares

किन जेनजी यौनप्रति उदासीन छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको रोग नियन्त्रण एवम् रोकथाम केन्द्रले २०२३ मा गरेको सर्वेक्षणमा किशोर–किशोरीको यौन व्यवहार २०१३ पछि घटेको देखिएको छ।
  • पत्रकार कार्टर शेरम्यानले आफ्नो पुस्तक \'द सेकेन्ड कमिङ\'मा जेन जी पुस्ताका युवाहरू यौन सम्बन्धबाट टाढा हुनुका कारणहरू उल्लेख गरेकी छिन्।

अमेरिकामा युवाहरूले कम यौन सम्पर्क गरिरहेको तथ्य अध्ययनले देखाएको छ ।

रोग नियन्त्रण एवम् रोकथाम केन्द्र(सीडीसी) ले २०२३ मा गरेको युवा जोखिम व्यवहार सर्वेक्षणमा २०१३ पछि किशोर–किशोरीको यौन व्यवहारमा कमी आएको तथ्य पत्ता लागेको छ । किन्से इन्टिच्युटले २०२२ मा गरेको एक सर्वेक्षणअनुसार जेन जी पुस्ताका प्रत्येक ४ युवामध्ये १ जनाले यौन सम्बन्धको अनुभव नभएको बताएका थिए ।

‘जेनेरेसन जेड’ अर्थात ‘जेन जी’ अहिलेको सबैभन्दा जवान र किशोर अवस्थाको पुस्ता हो । जवान जेन जीहरूले किन पहिलेका युवाको तुलनामा यौन सम्पर्क कम गरिरहेका छन् त ?

दी गार्जियन्सकी पत्रकार कार्टर शेरम्यानले आफ्नो नयाँ पुस्तक ‘द सेकेन्ड कमिङ’मा यो प्रश्नमाथि चर्चा गरेकी छिन् । आफ्नो पुस्तकमा उनले जेन जीको यौन जीवन र यौन सम्बध कामय नगर्नुको कारणहरू उल्लेख गरेकी छिन् ।

‘द सेकेन्ड कमङि’ पुस्तकको एक अंश दी गार्जियन्समा प्रकाशित छ । ३१ वर्षीय शेरम्यानले आफू र आफ्नो पुस्ताको केही अनुभवसहित लेख लखेकी छिन् ।

जसमा शेरम्यानले केही जटिल कारणहरूले गर्दा युवाहरू यौनबाट टाढा भइरहेको तथ्य प्रस्तुत गरेकी छिन् । पुस्तक लेख्ने क्रममा उनले जेन जी पुस्ताका १०० भन्दा बढी युवाहरूसँग साक्षात्कार गरेकी थिइन् ।

उनले विशेष गरी पुरातन विचार राख्ने दक्षिणपन्थीहरूले युवतीको कौमार्यलाई ठूलो कुरा बनाउँदा पनि युवतीहरू यौन सम्बन्ध बनाउनबाट टाढा भएको भनेकी छिन् ।

‘म हुर्किएको २००० र २०१० दशकको सुरुवाती समयमा पत्रकार, राजनीतिज्ञहरू र अन्य नैतिकतावादीहरू यस्तो विचारले ग्रस्त थिए’ शेरम्यान भन्छिन्, ‘उनीहरू सोच्थे, ‘कौमार्य गुमाएर, युवाहरूले आफैँलाई गुमाइरहेका छन् ।’

आफू हुर्किँदै गरेको दशकमा आउने टेलिभिजन कार्यक्रमहरूले यौन सम्बन्धलाई जटिल रूपमा प्रस्तुत गर्ने गरेको थियो । यसले उनीहरूमा यौनप्रति जटिल धारणा बनाइदियो।

गोसिप गर्ल र स्किन्स जस्ता टेलिभिजन शृङ्खलाहरूले किशोरकिशोरीको यौनलाई जटिल रूपमा देखाउने गरेको उनले स्मरण गरेकी छिन् ।

अहिलेका युवाहरू हुर्कँदै गरेको समयमा  अघिल्लो पुस्तामा रहेको ‘हुकअप कल्चर’ बारेको नाकारात्मक टिप्पणीहरूले उनीहरू यौन सम्बन्ध बनाउने कुराबाट टाढा भएको शेरम्यानले बताएकी छिन् । ‘हुकअप कल्चर’ भनेको कुनै भावनात्मक सम्बन्ध तथा प्रेमबिना कसैसँग यौन सम्बन्ध बनाउने प्रवृत्ति हो ।

अहिलेका युवा हुर्कँदै गरेको समयमा ‘हुकअप कल्चर’ का नकारात्मक पक्षका बारेमा चर्चा गरिएका लामा-लामा लेखहरू पत्रिकामा छापिन्थ्यो ।

‘द एन्ड अफ सेक्स : हाउ हुकअप कल्चर इज लिभिंग अ जेनेरेसन अनह्यापी, सेक्सुअली अनफुलफिल्ड, एन्ड कन्फ्युज्ड अबाउट इन्टिमेसी जस्ता शीर्षकका किताबहरूले पुस्तक पसलहरू भरिएका थिए’ शेरम्यानले भनेकी छिन्, ‘द न्यूयोर्क टाइम्सले हुकअप कल्चरले कसरी यौन सन्तुष्टिलाई लोपोन्मुख बनाइरहेको छ भन्नेबारेका धेरै लेख प्रकाशित गर्‍यो ।’

यसरी हुकअफ कल्चरले आत्मियता नष्ट गरिरहेको भन्ने लेखहरूको प्रभावले अघिल्लो पुस्ताको तुलनामा मिलेनियलहरूले नै ढिलो उमेरमा र कम यौन सम्बन्ध राखे ।

सीडीसीले १५ हजार भन्दा बढी हाई स्कूलका विद्यार्थीहरूलाई उनीहरूले यौन सम्बन्ध राखेका छन् कि छैनन् भनेर सोधेको थियो । यसमा आधाभन्दा बढी मिलेनियल उत्तरदाताले यौन सम्बन्ध नराखेको बताएका थिए ।

आफूले पछिल्ला केही वर्षमा देशभर यात्रा गरेर १०० भन्दा बढी किशोरकिशोरी र २० वर्षका युवाहरूसँग उनीहरूको यौन जीवनबारे अन्तर्वार्ता लिएको शेरम्यानले जानकारी दिएकी छिन् । यसमा उनीहरूले मिलेनियलहरूभन्दा पनि कम यौन सम्बन्ध राखेको र यौनमा कम रुचि भएको बताए ।

सन् २०२१ मा, सीडीसीले गरेको यस्तै सर्वेक्षणमा केवल ३० प्रतिशत जेन जी उत्तरदाताहरूले यौन सम्बन्ध राखेको बताएका थिए ।

एक समय फैलिएको ‘मि टु’ अभियानको महामारी, २०२२ मा रो वी. वेड(गर्भपतन सम्बन्धी अधिकार) उल्टिनु जस्ता कारणले यौन सम्बन्धपछिको परिणामबाट युवाहरू डराइरहेको शेरम्यानले बताएकी छिन् । उनका अनुसार गर्भपतन सम्बन्धी अधिकार उल्टिएपछि १६ प्रतिशत युवा जेन जीहरू डेटिङ गर्न डराएको एक अध्ययनले देखाएको छ।

कोभिड-१९ महामारीपछिको अवस्थामा युवाहरू मानसिक स्वास्थ्यको समस्या भोगिरहेको र एकलकाँटे बन्दै जाँदा पनि यौन सम्बन्धप्रति उदासीन देखिएको तथ्यहरू आएको  उनले बताएकी छिन् ।

राजनीतिक रुपमा फस्टाएको यौनरुढीवाद युवाहरूलाई यौनबाट टाढा राख्ने एक मुख्य कारक भएको शेरम्यानले आफ्नो पुस्तकमा उल्लेख गरेकी छिन् ।

यौनप्रति रुढीवादी सोचले विवाह भन्दा बाहिर हुने यौन सम्बन्ध, प्रजननको उद्देश्य नराखी राखिने यौन सम्बन्ध र समलिंगीबीच हुने यौन सम्बन्धलाई स्वीकार गर्दैन ।

त्यो रुढीवादी सोचले संसारमा मान्छेको लिंग महिला र पुरुष मात्रै हुने तर्क गर्छ, यसले अमेरिकालाई यौनको सन्दर्भमा इन्टरनेट भन्दा धेरै पहिलाको युग अझ १९५० भन्दा पहिलाको अवस्थामा पुर्‍याउन खोजेको तर्क उनले गरेकी छिन् ।

१९६० र १९७० को दशकमा प्रगतिशील र रूढिवादीहरूले लडेका धेरै अधिकारका लागि अहिलेका युवाहरूले लडिरहेको भनाइ शेरम्यानको छ । यो ‘भर्जिन’ पुस्ताले अमेरिकामा निकट भविष्यमा हुने यौन क्रान्तिको नेतृत्व गरिरहेको दावी उनले गरेकी छिन् ।

‘हामी यौन क्रान्तिको दोस्रो आगमन भन्दाअघिको समयमा बाँचिरहेका छौं’ शेरम्यानको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?