+
+
Shares

बागमतीको विवादबारे एमालेको चासो, कांग्रेसको जवाफ- आन्तरिक विषय आफैं मिलाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १४:४०

१५ साउन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बागमती प्रदेशमा देखिएको पछिल्लो सत्ता समीकरणको विवादबारे चासो राखेको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दुई दल एमाले र कांग्रेसबीचको छलफलका क्रममा एमालेका नेताहरूले यसबारे चासो राखेको थियो ।

एमालेको चासोमा कांग्रेसले भने आफूहरूको आन्तरिक विषय आफैं मिलाउने जवाफ दिएको छ ।

बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार, बागमतीको विवादबारे केहीबेर छलफल भएको थियो ।

‘बागमतीको बारेमा छलफल भयो । अहिलेसम्म भएको घटनाक्रमबारे छलफल भयो,’ उनले अनलाइनखबरसँग भने, ‘हो हाम्रो आन्तरिक विषय हो । यसमा केही दिनमै निकास दिन्छौं भनेर हामीले जवाफ दिएका छौं ।’

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई हटाउने तयारीस्वरुप संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भइसकेका छन् ।

यद्यपि लामाले पदबाट राजीनामा दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?