 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- दीपक रौनियार निर्देशित फिल्म 'राजागञ्ज' फ्रान्सेली हलमा प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ।
- फिल्मलाई फ्रान्सेली वितरण कम्पनी एआरपी सेलेक्सनले फ्रान्समा प्रदर्शन थालेको हो।
- 'राजागञ्ज'को वल्र्ड प्रिमियर सन् २०२४ को भेनिस फिल्म फेस्टिभलमा भएको थियो।
काठमाडौं । दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ले फ्रान्सेली हलमा दर्शकको साथ पाएको छ । पहिलो साता ६२ हलबाट रिलिज भएको फिल्म प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ ।
‘अन्तर्राष्ट्रिय सिनेमाको केन्द्र मानिने फ्रान्समा उत्साहजनक प्रतिक्रियासँगै फिल्म प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्नु खुसीको कुरा हो’ निर्देशक रौनियारले अनलाइनखबरसँग भने ।
फिल्मलाई फ्रान्सेली हलले सुखद शो दिइरहेका छन् । एमकेटु हलले आफ्ना ३ पर्दामा ५ शो दिएको छ । अल्लो सिने, सिनेमा लूले ३–३ शो दिएका छन् । अन्य हलमा पनि फिल्म चलिरहेको छ ।
यसअघि मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ११ सातासम्म फ्रान्समा चलेको थियो । ‘शाम्बालाले १३ हप्तामा पाएको दर्शकभन्दा पूजा सरको पहिलो हप्ताको दर्शक बढी रहेछन्’ दीपकले भने, ‘नेपाली सिनेमाको लागि यो धेरै राम्रो कुरा हो ।’
फ्रान्सेली वितरण कम्पनी एआरपी सेलेक्सनले यो फिल्मलाई त्यहाँ प्रदर्शन थालेको हो । यो फिल्मलाई फ्रान्सेली मिडियाले पनि प्रशंसा गरेका छन् । यो फिल्म मे महिनामा स्विट्जरल्याण्डमा पनि प्रदर्शन भैसकेको छ ।
‘पूजा, सर’मा आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, विजय बराल, आरती मण्डल, घनश्याम मिश्रा, ऋचा शर्मा, गौमाया गुरूङलगायतका कलाकारको अभिनय छ । आदि फिल्म्स (दीपक र आशा), बाँसुरी फिल्म्स (रामबाबु गुरूङ) र नर्वेको ट्यानहाउजरको यसमा सहकार्य छ ।
वल्र्ड प्रिमियर सन् २०२४ को भेनिस फिल्म फेस्टिभलमा भएको थियो । त्यसयता बुसान, सिड्नी, टालिन बाल्क नाईट्स, गोथेनबर्ग लगायतका महोत्सवमा प्रदर्शन भइसकेको छ ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4