
News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेत्री कियारा आडवाणीले विहिबार आफ्नो ३४ औं जन्मदिन मनाउँदैछिन्।
- यशराज फिल्म्सले कियाराको नयाँ फिल्म 'वार २' को पहिलो गीत 'आवान जवान' सार्वजनिक गरेको छ।
- फिल्म 'वार २' अगस्ट १४ मा हिन्दी, तेलुगु र तमिल भाषामा विश्वभर रिलिज हुँदैछ।
मुम्बई । बलिउड अभिनेत्री कियारा आडवाणी विहिबार ३४ औं जन्मदिन मनाउँदैछिन् । जन्मदिन अवसरमा यशराज फिल्म्सले विहीबार आफ्नो बहुप्रतिक्षित फिल्म ’वार २’ को पहिलो गीत ’आवान जवान’ ल्याएको छ ।
गीतमा ऋतिक रोशन र कियाराको रोमान्टिक जोडी धेरै आकर्षक देखिन्छ । रोमान्टिक गीतमा ऋतिक र कियाराको जोडी एकदमै आकर्षक देखिन्छ ।
गीत हेरेपछि मानिसले कियाराको धेरै प्रशंसा गरिरहेका छन् र साथै, फ्यान लामोे समयपछि उनलाई वास्तविक अवतारमा देखेर अत्यन्तै खुसी भएका छन् ।
यस गीतको शीर्षक ‘आवन जावन’ हो, जसको संगीत प्रीतमले दिएका छन् र शब्द अमिताभ भट्टाचार्यले लेखेका छन् । यो गीत रोमान्टिक गीतका राजा अरिजित सिंहले गाएका हुन् ।
’आवन जावन’ यस्तो गीत बनेको छ कि यसले मानिसमा जादुयी प्रभाव पारेको देखिन्छ । गीतमा निकिता गान्धीले आवाज दिएकी छिन् ।
’वार २’लाई अयान मुखर्जीले निर्देशन गरेका हुन् भने आदित्य चोपडाले निर्माण गरेका हुन् । यो फिल्म अगस्ट १४ मा विश्वभरका हलमा हिन्दी, तेलुगु र तमिल भाषामा रिलिज हुँदैछ ।
कियारा यस समयमा आफ्नो मातृत्वको आनन्द लिइरहेकी छिन् । जुलाई १५ मा कियाराले छोरीलाई जन्म दिएकी थिइन् ।
प्रतिक्रिया 4