+
+
Shares

रञ्जितामाथि लागेका आरोप फेस गर्न नाउपा तयार छ, टाढा राखेका छैनौं : लालवीर चौधरी

‘उहाँले जति पनि अभिव्यक्ति दिनुभएको छ । उहाँलाई हामीले कम्तीमा पनि उपस्थित भइदिनुस् भनेका थियौं । पार्टी सदस्यले उहाँप्रति लगाइएका ब्लेम (आरोप) प्रति फेस गर्न पार्टी तयार छ,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १७:४३

१५ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष लालवीर चौधरीले रञ्जिता श्रेष्ठले पार्टीमा लगाएका आरोपहरू फेस गर्न तयार रहेको बताएका छन् ।

हिजो र आज बसेको पार्टीको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

अध्यक्ष बनेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा उनले कमिटीको सल्लाह र सुझावका आधारमा पार्टीलाई अघि बढाउने बताए ।

‘म यो अध्यक्षको जिम्मेवारी पाइसकेपछि यो कमिटीले जे सुझाव सल्लाह विधि पद्धतिको आधारमा नाउपालाई अघि बढाउनेछु,’ उनले भने ।

रञ्जिताले डेढ वर्षसम्म पनि पार्टी बैठक नबोलाएको भन्दै उनले निकास निकाल्नका लागि यो प्रक्रिया अघि बढाइएको बताए ।

‘डेढ वर्ष भयो उहाँ (रञ्जिता) ले बैठक नडाकेको हुनाले विकल्प खोजेका हौं । अहिले उपनिर्वाचन हुँदैछ, उम्मेदवारी दिनुपर्ने भएकाले पार्टीले विधानसम्मत, निर्वाचन आयोगको नीतिसम्मत जानुपर्ने भएकाले यही निकासका लागि झटपट गरेर बस्यौं । निकास निस्क्यो,’ चौधरीले भने ।

साथै उनले हिजो र आज बसेको भेलामा उपस्थित हुन श्रेष्ठलाई आग्रह गर्दा पनि नभएको जिकिर गरे ।

‘उहाँले जति पनि अभिव्यक्ति दिनुभएको छ । उहाँलाई हामीले कम्तीमा पनि उपस्थित भइदिनुस् भनेका थियौं । पार्टी सदस्यले उहाँप्रति लगाइएका ब्लेम (आरोप) प्रति फेस गर्न पार्टी तयार छ,’ उनले भने, ‘अझै पनि उहाँलाई यो पार्टीले धेरै पर राखेको छैन । मात्रै निकासका लागि मात्रै अघि बढेको छ ।

श्रेष्ठलाई पोखराको लिचीबारी जग्गा प्रकरणको घुस काण्डमा जोडिएको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?