 
																			१६ साउन, काठमाडौं । १६ वटा विद्यार्थी संगठनले विद्यालय शिक्षक नियुक्ति प्रक्रिया समावेशिताको आधारमा शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत हुनुपर्ने माग गरेका छन् ।
विद्यालय शिक्षा ऐनमा उक्त व्यवस्था राख्न उनीहरूले सरकारसँग माग राखेका हुन् ।
पटक–पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाए पनि ऐन जारी हुन नसक्नुमा सरकारको उपेक्षा भएको ठहर उनीहरूले गरेका छन् ।
दल निकट १६ विद्यार्थी संगठनले शुक्रबार संयुक्त वक्तव्य जारी गरेर विद्यार्थीका मुद्दा र विधेयकप्रति सरकारी उपेक्षा गरेको जनाएका छन् ।
विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेका छन् ।
संविधानको धारा ३१ मा व्यवस्था भए बमोजिम माध्यमिक तहसम्मको शिक्षा पूर्णत: नि:शुल्क प्राप्त गर्न पाउनुपर्ने व्यवस्था लागु गर्न माग गरिएको छ ।
शिक्षा ऐन, २०२८ अनुसार सबै प्रकारका शिक्षक र कर्मचारीहरूको व्यवस्थापनको दायित्व राज्यले लिनुपर्ने विद्यार्थी संगठनहरुको निचोड छ ।
विद्यालय शिक्षा विधेयक माथिको छलफलमा विद्यार्थी संगठनहरूलाई समेत सहभागिता गराउन उनीहरूको माग छ ।
त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरूको ऐनमा व्यवस्था भए अनुसार स्ववियु वा कल्याण परिषद्को निर्वाचन गराउन १६ विद्यार्थी संगठनले माग गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ति :

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4