
News Summary
Generated by OK AI. Editorially reviewed.- र्यापर ब्रिस्क टिमोज र कमेडियन सजन श्रेष्ठबीच सामाजिक सञ्जालमा डिस ट्य्राक र भनाभन सुरु भएको छ।
- ब्रिस्कले कमेडियनहरू र्यापर भएर हिपहप टक दिन नहुने भन्दै पोस्ट गरेका थिए, जसमा सजनले आपत्ति जनाएका थिए।
नेपाली र्याप सिनमा अहिले डिस ट्य्राक निकाल्ने क्रम बढ्दो छ । यो भनेको एउटा र्यापरले अर्कोलाई गीतमार्फत चुनौती दिने, आलोचना गर्ने वा खिल्ली उडाउने हो । इजको साकार पधिकारी, साकारको नेपहपको बाटो- भात खाने बाटो, न्यास्टीको अनरिटन, लिल झोलाको ‘नवराज’ आदि डिस ट्य्राक हुन् । यस्तोलाई हिपहपमा ‘बिफ’ पनि भन्ने गरिन्छ ।
हालै भने यो बिफ र्यापर र कमेडियनमा सरेको छ । जुन कमेडियन सजन श्रेष्ठ र र्यापर ब्रिस्क टिमोजबीच भइरहेको हो । उनीहरूको यो बिफले सामाजिक सञ्जालमा एक प्रकारको गसिप छेडेको छ । के भइरहेको छ उनीहरूबीच ? यसमा चर्चा गरिएको छ ।
र्यापर ब्रिस्क टिमोजले गत २४ जुलाईमा एउटा पोस्ट गर्छन् । त्यसमा उनले भ्लगर सिसन बानियाँ र कमेडियन सजन श्रेष्ठले र्यापर यम बुद्धको नाम लिइरहेको विषयमा असन्तुष्टि जनाउँछन् । साथै उनले कमेडियनहरू र्यापर भएर हिपअप ‘टक’ दिन सुहाउँदैन भनेका छन् । लगत्तै अर्को पोस्टमा कमेडियनहरू र्यापर भए र्यापरहरू ट्रोल (जोक) हान्दै बस्ने होइन, भनेर टिप्पणी गर्छन् ।
अब उनको यो पोस्टलाई लिएर सजन श्रेष्ठले आपत्ति जनाउँछन् ।
श्रेष्ठले उक्त पोस्ट शेयर गर्दै र्याप भनेको ‘हाम्रो मात्रै हो हामीले मात्र गर्न पाउनुपर्छ भनेर वडामा गएर दर्ता गर्दा भै’गो नि’ भनेर लेख्छन् । त्यसपछि दुवैबीच औपचारिक रूपमा सामाजिक सञ्जालमा भनाभन सुरु हुन्छ । अहिलेसम्म आइपुग्दा दुवैले कमेन्टदेखि पोस्टसम्म एकअर्कालाई उडाएका छन् ।
त्यसमा दुवैका प्रशंसकहरूले रमाएलो पनि मानेको देखिन्छ । अहिले आएर त त्यसपछि ब्रिस्कले सजनलाई उत्तर फर्काउँदै ‘दर्ता कुन ठाउँमा गर्नु पर्ने हो ?’ भनेर प्रश्न गर्छन् । लगत्तै सिसन र सजन लक्षित ‘सिसा बोटल’ बोलमा एउटा डिस ट्य्राक नै निकाल्छन् ।
यसको प्रतिक्रियामा फेरि सजनले ‘दुनियाँ नाटक गरेको त लास्टमा डिस सङ निकाल्न रै’छ, सुरु मै निकालेको भए हुने नि’ भनेर पोस्ट गर्छन् । थपमा उनले ‘एक दुईटा शो पाउँला कि युके तिर, एड्भान्समा शुभकामना छ’ भनेर लेख्छन् । यसपछि ब्रिक्स सम्बोधनमा ‘तँ’मा झर्छन् । र फेरि डिप्रेसनमा जान मन छ कि क्या हो ? भनेर लेखेका छन्।
यता सजनले फेरि ब्रिक्सको कपालमाथि टिप्पणी गर्दै टाउकोमा कुचो लगाएर हिँडेको भनी टिप्पणी गर्छन् । यसका साथै ‘सिसनको नाममा भ्युज कमाइरहेको छ’ पनि लेखेका छन् । प्रतिक्रियामा सजनलाई ब्रिक्सले टाउको एयरपोर्ट जस्तो भनेका छन् ।
त्यसपछि सजनले यो बिफलाई टुङ्ग्याउने हिसाबले पोस्ट गर्छन् । जहाँ उनले सबै र्यापरलाई राम्रो मान्ने लेखेका छन् । र, यो मुद्दा यहीँ टुङ्ग्याउने लेखेका छन् । यसका साथै ब्रिक्सले आफ्नो पोस्टमा ‘जोकर र कमेडियन’ लेखेकाले मात्र आफूले प्रतिक्रिया दिएको भनेका छन् ।
यो रिपोर्ट तयार पार्नेसमयसम्म सजनको उक्त पोस्टपछि ब्रिक्सले कुनै प्रतिक्रिया दिएका छैनन् । सम्भवत: उनले प्रतिक्रिया दिन भने सक्ने छन् । यद्यपि यो परिस्थितिमा सजन आफैं झुकेर शान्ती प्रस्ताव गरेका छन् ।
यता यो बिफले भने ब्रिक्सलाई एक प्रकारको ‘फेम’ मिलेको छ । धेरैका लागि उनी नयाँ र्यापर जस्तो देखिन्छन् । तर उनी धेरै यमबुद्धकै समयदेखि र्याप गाउँदै आइरहेका र्यापर हुन् । अहिले उनको पुरानो ब्याटल र्यापहरू भाइरल हुन थालेको छ ।
प्रतिक्रिया 4