+
+
Shares

शिक्षा ऐनमा निजी विद्यालयको विषय सम्बोधन गर्न माग

नेसनल प्याब्सनले शुक्रबार पत्रकार सम्मेलन गरी विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक दुरदृष्टिकासाथ समय सापेक्ष रूपमा परिमार्जित गरी जारी गर्न माग गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १३:३१
अध्यक्ष सुवास न्यौपाने ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेसनल प्याब्सनले विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक यथाशीघ्र जारी गर्न माग गरेको छ।
  • नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले कम्पनी ऐन अन्तर्गत सञ्चालित विद्यालय गैरनाफामूलक बन्न नसक्ने कुरालाई ऐनमा स्पष्ट उल्लेख गर्न आग्रह गरे।
  • नेसनल प्याब्सनका अनुसार निजी विद्यालयले नेपालमा विद्यालय तहको ३४ प्रतिशत हिस्सा ओगटेको र करिब ३० लाख विद्यार्थी अध्ययनरत छन्।

१६ साउन, काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याब्सन) ले विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक यथाशीघ्र जारी गर्न माग गरेको छ ।

नेसनल प्याब्सनले शुक्रबार पत्रकार सम्मेलन गरी विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक दुरदृष्टिकासाथ समय सापेक्ष रूपमा परिमार्जित गरी जारी गर्न माग गरेको हो ।

संविधानको अवधारणा अनुसार समुन्नत नेपालको मूल आधार सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिताको मर्म, उद्देश्य तथा लक्ष्यअनरूप विद्यालय शिक्षा ऐन विभेदरहित रुपमा निर्माण गर्न आग्रह गर्दै नेशनल प्याब्सनले कानुनबमोजिम हालसम्म कम्पनी अन्तर्गत रहेका निजी विद्यालयलाई कम्पनी ऐन अन्तर्गत नै सञ्चालन हुने व्यवस्था गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनमा नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले कम्पनी ऐनको प्रकृति र उद्देश्य अनुरुप कम्पनी ऐन अन्तर्गत सञ्चालित विद्यालय गैरनाफामूलक बन्न नसक्ने कुरालाई स्पष्टरूपमा ऐनमा उल्लेख गर्न आग्रह गरे ।

उनले छात्रवृत्तिको समान अवसरबाट सबै तहमा नेपाली बालबालिका वञ्चित रहन नपरोस भन्दै निजी विद्यालयलाई अनियमित हिसाबले थोपर्न खोजिएको १५ प्रतिशत पूर्ण छात्रवृत्तिको व्यवस्था हटाई न्यायोचित छात्रवृत्तिको व्यवस्था गर्न माग गरे ।

विद्यालय शिक्षाको विश्व–परिवेशलाई अध्ययन गर्दा राज्यकोषबाट सञ्चालन हुने विद्यालय बाहेकका अन्य निजी विद्यालय निःशुल्क बन्न नसक्ने यथार्थतालाई गम्भीरताकासाथ समीक्षा गर्न आग्रह गरिएको छ । नेशनल प्याब्सनले शिक्षा, नीति तथा कानुन निर्माणमा निजी क्षेत्रको सहभागिता अनिवार्य र सुनिश्चित गर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

नेसनल प्याब्सनका अनुसार नेपालमा विद्यालय तहको ३४ प्रतिशत हिस्सा ओगटेको निजी शैक्षिक संस्थामा आज आठ खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । दुई लाखभन्दा बढी शिक्षक–कर्मचारीमा ५५ प्रतिशत महिलालाई रोजगारीको अवसर प्रदान गरिरहेको एनप्याब्सन आवद्ध विद्यालयमा करिब ३० लाख विद्यार्थी अध्ययनरत रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?