+
+
Shares

दयाहाङको ‘मिरमिरे’ माघ १ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यम शेर्पा निर्देशित फिल्म 'मिरमिरे' माघ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
  • फिल्मको छायांकन मकवानपुरको चित्लाङमा भइरहेको छ र दुई सातामा सकिने निर्माण टिमले बताएको छ।
  • फिल्ममा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन् र यार्सा फिल्म्सले प्रस्तुति दिएको छ।

काठमाडौं । यम शेर्पा निर्देशित फिल्म ‘मिरमिरे’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म माघ १ गतेदेखि हलमा लाग्नेछ ।

अभिनेत्री सिर्जना निङलेखुको जन्मदिन अवसरमा शुक्रबार प्रदर्शन मिति घोषणा भएको छ । छायांकन सेटबाटै फिल्मले प्रदर्शन मितिको घोषणा गरेको हो ।

‘हामीले वितरक र प्रदर्शकसँगको सल्लाहमा माघ १ गते आउने निर्णय गरेका हौँ’ निर्देशक शेर्पाले भने । अहिले यो फिल्मको छायांकन मकवानपुरको चित्लाङमा भइरहेको छ ।

छायांकन दुई सातामा सकिने निर्माण टिमले बताएको छ । अधिकांश छायांकन काभ्रेपलाञ्चोकमा र केही दृश्य चित्लाङमा भएको छ ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्मको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन् । बालकलाकारमा साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

छायाँकार आलोक शुक्ला हुन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह-निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । कार्यकारी निर्मातामा वितरक रोहित कट्टेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?