+
+
Shares

सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल

ग्यालेक्सी वाच८ले अबको स्मार्ट वाच अनुभवलाई अझ व्यक्तिगत, सहज र स्वास्थ्यकेन्द्रित बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामसङले नेपालमा नयाँ पुस्ताको स्मार्टवाच 'ग्यालेक्सी वाच८' सिरिज सार्वजनिक गरेको छ।
  • ग्यालेक्सी वाच८ले पातलो डिजाइन, ब्राइट स्क्रिन र अपग्रेड गरिएको बायोएक्टिभ सेन्सर सहित स्वास्थ्य ट्र्याकिङ सुविधा दिएको छ।
  • यो वाचले सुत्ने समय सल्लाह, रनिङ कोच सुझाव र भ्वाइस कमान्डमार्फत नियन्त्रण गर्ने सुविधा प्रदान गर्छ।

१६ साउन, काठमाडौं । सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्टवाच ‘ग्यालेक्सी वाच८’ सिरिज सार्वजनिक गरेको छ ।

यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोडेको छ । दिनभरि लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी वाच८ अझ पातलो डिजाइन, ब्राइट स्क्रिन र प्रिसाइस स्वास्थ्य ट्र्याकिङका लागि अपग्रेड गरिएको बायोएक्टिभ सेन्सर सहित जडित छ ।

यसले सुत्ने समयको सल्लाह दिने सुविधा ल्याएको छ, जसले प्रयोगकर्तालाई सर्केदियन रिदम विश्लेषण गरेर ताजगीको साथ उठ्न सक्छन् ।

यसमा रहेको रनिङ कोचले प्रयोगकर्ताको दौडने अभ्यासमा वास्तविक समयमा सुझाव दिई प्रदर्शन सुधार गर्न सहयोग गर्छ ।

साथै, करोडेनोइड लेभल छिटो जाँच्न सकिने भएकाले स्वस्थ जीवनशैली र उमेरसँग सम्बन्धित निर्णय सजिलै लिन सकिन्छ ।

अब जेमिनी एआईको सहायतामा ग्राहकले वाचलाई भ्वाइस कमान्ड दिएर नियन्त्रण गर्न सक्छन् । सामसङ हेल्थ जस्ता एपबाट अपडेट पाउने, मेसेज पठाउने वा व्यायाम सुरु गर्ने जस्ता सबै काम स्वाभाविक आवाज आदेश मार्फत, हात नचलाइ नै गर्न सकिन्छ । ग्यालेक्सी वाच८ले अबको स्मार्ट वाच अनुभवलाई अझ व्यक्तिगत, सहज र स्वास्थ्यकेन्द्रित बनाएको छ ।

ग्यालेक्सी वाच८ सिरिज आफ्नो सुलभ र आकर्षक डिजाइन मार्फत आफ्नो उत्कृष्ट पहिचान बनाउँछ । पहिलेभन्दा झनै पातलो, हलुका र हातमा सहज लाग्ने बनावटले यसलाई लामो समयसम्म लगाउन उपयुक्त बनाएको छ ।

यसमा प्रयोग गरिएको मेटल फ्रेम र स्किनलाई नच्याप्ने ब्यान्डले आरामदायक अनुभव दिन्छ ।

यो वाचको मिनिमलिस्ट शैली व्यायामदेखि अफिस मिटिङसम्मका सबै पहिरनमा सुहाउँछ । यो स्टाइलिस मात्रै होइन, हातमा लगाउँदा झर्को पनि लाग्दैन, एकदमै सहज लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?