+
+
Shares

स्थायी कमिटीमा प्रचण्डको १० बुँदे ब्रिफिङ : सरकार हैन, संगठन निर्माणमा जोड दिऔं

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते २१:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी संगठन बलियो बनाउने विषयमा केन्द्रित छलफल भएको छ।
  • पार्टी अध्यक्ष प्रचण्डले १० बुँदे ब्रिफिङमार्फत पार्टीभित्रै आन्तरिक कुरा समाधान गर्नुपर्ने बताए।
  • बैठकले पार्टीको स्थगित अभियान वर्षा सकिएपछि सुरु गर्ने र महाधिवेशन मिति तय गर्ने निर्णय गर्नेछ।

१६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने र भत्काउने खेलमा नभई संगठन बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले १० बुँदे ब्रिफिङमार्फत संगठन निर्माणमा पार्टीलाई केन्द्रित बनाउनुपर्ने विषयमा जोड दिएको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका १० बुँदे ब्रिफिङ उदृत गर्दै पौडेलले भने, ‘पार्टीको आन्तरिक कुरा पार्टीभित्रै गरौं, बाहिर नलैजाऊँ भन्ने उहाँको कुरा छ । सरकार बनाउने/भत्काउनेमा अहिले हाम्रो कुनै जमर्को छैन । यो विषयमा नलागौं ।’

पौडेलका अनुसार पार्टीको स्थगित अभियान वर्षा सकिएपछि सुरु गर्ने अध्यक्षको प्रस्ताव छ  ।

पार्टीको अभियान सकिएपछि केन्द्रीय कमिटी बैठक बस्ने उनले बताए ।

उनले भने, ‘सो केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्छ ।’

समाजवादी मोर्चालाई बलियो बनाउने गरी पार्टी  लागिपरेको भन्दै उनले मोर्चाबीच एकीकरणको प्रयास पनि भइरहेको बताए ।

माओवादी पार्टीको स्थायी कमिटी बैठक तीन दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?