+
+
Shares
टेलिभिजन :

‘शार्क ट्यांक नेपाल’मा १७ वर्षिय किशोरलाई मागेको भन्दा दोब्बर लगानी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १७ वर्षिय रौनक खनालले ‘टी पसल’को लागि २५ प्रतिशतमा २५ लाख लगानी माग्दा ५० लाख रुपैयाँ ५० प्रतिशत इक्विटीमा जुटाएका छन्।
  • बुधबारको एपिसोडमा लेमन ग्रासले २० प्रतिशत इक्विटीमा १ करोड र ‘बाटो’ म्यापले ४० प्रतिशत एक्सचेन्जमा २ करोड ४० लाख रुपैयाँ लगानी प्राप्त गरेका छन्।
  • ‘शार्क ट्यांक नेपाल’को पहिलो महिना २१ करोडभन्दा बढी लगानी जुटिसकेको छ र बुधबारको एपिसोडबाट मात्र ३ करोड ४० लाख रुपैयाँ लगानी भएको छ।

काठमाडौं । ‘शार्क ट्यांक नेपाल’को पछिल्लो एपिसोडमा १७ वर्षिय एक किशोरले मागेभन्दा दोब्बर लगानी प्राप्त गरेका छन् ।

सेन्ट जेभियर्स कलेज जावलाखेलका विद्यार्थी रौनक खनालले आफ्नो इकमर्स प्लाटफर्म ‘टी पसल’ पिच गरेका थिए । उनले २५ प्रतिशत इक्विटीमा २५ लाख लगानी मागेका थिए ।

उनले आफ्नो ब्राण्डलाई विश्वब्यापीरुपमा ग्लोबल फेसनको रुपमा स्थापित गर्न चाहेको बताएका थिए । लगत्तै, शार्क क्याबिनेट श्रेष्ठले खनालको प्रस्तावलाई स्वीकारेका थिए ।

अन्तिममा ३ जना शार्क क्याबिनेट, हेमराज ढकाल र आनन्द बगरिया मिलेर ५० प्रतिशत इक्विटीमा ५० लाख रुपैयाँ लगानीको प्रस्ताव गरे र सोही प्रस्तावमा डिल भयो ।

बुधबारको एपिसोडमा लेमन ग्रास प्रोडक्सन कम्पनीले २० प्रतिशत इक्विटीमा १ करोड रुपैयाँ लगानी जुटायो । नेपाली म्यापिङ प्लाटफर्म ‘बाटो’ म्यापले ४० प्रतिशत एक्सचेन्जमा २ करोड ४० लाख रुपैयाँ लगानी प्राप्त गर्‍यो ।

बुधबारको एपिसोडबाट मात्र ३ करोड ४० लाखको लगानी जुट्यो ।

विहिबारको एपिसोडमा १७ वर्षिय रौनक खनालको ५० लाख जुटेसँगै सोही एपिसोडमा जागृती सीप केन्द्रले १० लाखको लगानी प्राप्त गर्‍यो ।

पहिलो महिना ‘शार्क ट्यांक नेपाल’मा २१ करोडभन्दा धेरै लगानी जुटिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?