
News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५ एजुकेसनल कन्सल्टेन्सीलाई ३ लाख ५३ हजार रुपैयाँ जरिबाना तिराएको छ।
- कारबाही गरिएका कन्सल्टेन्सीले संघ र प्रदेश दुवैबाट इजाजत नलिई सेवा प्रवाह गरेको पाइएपछि जरिबाना तिराइएको हो।
- अनुगमन टोलीले ३ एजुकेसनल कन्सल्टेन्सीलाई ३ दिनभित्र काजजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।
१६ साउन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार ५ एजुकेसनल कन्सल्टेन्सीलाई कारबाही गरेको छ ।
विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत शुक्रबार ५ वटा एजुकेसनल कन्सल्टेन्सीलाई ३ लाख ५३ हजार रुपैयाँ जरिबाना तिराएको हो ।
अनुगमन टोलीले काठमाडौं महानगरपालिका–३२ मा रहेको काठमाडौं ग्लोबल एज कन्सल्टेन्सी र काठमाडौं महानगरपालिका–३१ को रिलिजेन्ट इन्टरनेसनल एजुकेसन प्रालिलाई समान १–१ लाख रुपैयाँ जरिबाना तिराएको जानकारी दिएको छ ।
विभागले काठमाडौं–३१ को फास्टलेन टेक्निकल इन्स्टिच्युट एन्ड कन्सल्टेन्सी प्रालि, काठमाडौं–१० को एवान ग्लोबल कन्सल्टेन्सी प्रालि र मिरेकल एजुकेसन सर्भिसलाई समान ५१–५१ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागका अनुसार कारबाही गरिएका यी ५ कन्सल्टेन्सीले संघ र प्रदेश दुवैबाट इजाजत नलिई सञ्चालन भई सेवा प्रवाह गरिरहेको पाइएपछि जरिबाना तिराइएको हो ।
यस्तै विभागले आज अनुगमन गरेकामध्ये ३ वटा एजुकेसनल कन्सल्टेन्सीलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित काजजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ५ वटालाई सामान्य निर्देशन दिएको छ ।
प्रतिक्रिया 4