+
+
Shares

‘मोहर’को वियोगान्त गीतमा पोखियो पल, नीति र बेनिशाको पीडा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते २१:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'मोहर'को नयाँ गीत 'सपना हो की विपना हो कि जिन्दगी' साउन २३ गते रिलिजअघि सार्वजनिक भएको छ।
  • गीतमा थानेश्वर गौतम र शान्तीश्री परियारले स्वर दिएका छन् भने प्रभा बर्तौलाले शब्द लेखेकी हुन्।
  • फिल्म 'मोहर' ओम प्रतिकको निर्देशनमा बनेको छ र पल शाह, बेनिशा हमाल लगायत कलाकारको मुख्य भूमिका छ।

काठमाडौं । साउन २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को नयाँ गीत ‘सपना हो की विपना हो कि जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ ।

थानेश्वर गौतम र शान्तीश्री परियारको स्वर रहेको यो गीतमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमकै संगीत छ ।

सार्वजनिक गीत वियोगान्त छ । गीतका शब्द कर्णप्रिय छन् । यो गीतले फिल्मका पात्रको वियोगान्त कथा भनेको छ ।

फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको यो फिल्मका निर्माता चुम्बनजंग शाही हुन् । फिल्मलाई ओम प्रतिकले लेखन तथा निर्देशन गरेका हुन् ।

फिल्ममा पल शाह, अर्जुनजंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्ममा बालकलाकारको रुपमा सारा शर्माले अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?