
News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजार खुलेको पहिलो एक घण्टामा नेप्से परिसूचक २६ अंकले घटेर २८९५ अंकमा कायम भएको छ।
- ३ अर्ब २१ करोडको कारोबार भएको छ र ५१ कम्पनीको मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घटेको छ।
- फाइनान्स समूह ०.१८ प्रतिशतले बढेको छ भने बैंकिङ, अन्य, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहका सूचक घटेका छन्।
१८ साउन, काठमाडौं । सेयर बजार खुलेको पहिलो एक घण्टामा नेप्से परिसूचक २६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २८९५ अंकमा छ ।
३ अर्ब २१ करोडको कारोबार भएको छ । ५१ कम्पनीको मूल्य बढ्दा १९४ को घटेको छ । फाइनान्स बाहेक सबै समूहका सूचक घटेका छन् । फाइनान्स ०.१८ प्रतिशत बढेको छ ।
बैंकिङ, अन्य, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह धेरै घटेका छन् । दुई कम्पनी ट्रेड टावर र शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ । नेपाल फाइनान्स ४.८, बुटवल पावरको ३.११ प्रतिशत मूल्य बढेको छ ।
यतिबेलासम्म धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, मन्दाकिनी हाइड्रोपावर, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4