+
+
Shares

११ दिनदेखि उपकुलपतिको ढोकामा अखिल क्रान्तिकारीको धर्ना

आमरण अनसनको चेतावनी

विद्यार्थी धर्नाका कारण उपकुलपति अर्याल कार्यकक्षमा गएका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल क्रान्तिकारीले ११ दिनदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको कार्यकक्षमा शुल्क शोषण विरुद्ध धर्ना दिएका छन्।
  • विद्यार्थी संगठनले चार वटा सेल्फ सस्टेन कार्यक्रमलाई केन्द्रीय विभागमा गाभिए पनि शुल्क घटाइएको छैन भनी माग राखेका छन्।
  • अखिल क्रान्तिकारीले दुई दिनभित्र माग सम्बोधन नभए आमरण अनसन बस्ने चेतावनी दिएका छन्।

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ११ दिनदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको कार्यकक्षमा धर्ना दिएको छ ।

अखिल क्रान्तिकारी त्रिवि कार्यबाहक अध्यक्ष शिवराज भट्टका अनुसार शुल्क शोषण विरुद्ध धर्ना दिएको हो ।

‘चार वटा सेल्फ सस्टेन कार्यक्रमलाई केन्द्रीय विभागमा गाभेर पनि शुल्क घटाइएको छैन,’ उनले भने, ‘धर्नामा बसेको ११ दिन भयो सम्बोधन भएको छैन ।’

अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो । तर शुल्क भने पुरानै शैलीमा उठाएकाले घटाउन माग गर्दै विद्यार्थीले धर्ना दिएका हुन् ।

‘पहिले प्राइभेट प्रोग्राम थियो । ९ महिना अघि केन्द्रीय विभागमा ल्याइयो । तर शुल्क भने पुरानै जसरी उठाइएको छ । केन्द्रीय विभागमा आएपछि शुल्क घटाउन माग गरेका हौँ,’ भट्टले भने ।

आन्दोलनरत विद्यार्थी संगठनले शिक्षक कर्मचारी र भौतिक संरचनाको व्यवस्थापन गर्न माग गरेको छ । ‘शिक्षक कर्मचारीको व्यवस्थान भएको छैन । त्रिविले सहयोग नगरेकाले धर्ना दिएका हौँ,’ उनले भने ।

विद्यार्थी धर्नाका कारण उपकुलपति अर्याल कार्यकक्षमा गएका छैनन् । ‘पहिलो दिन उपकुलपति सर आउनु भएको थियो । त्यसपछि आउनु भएको छैन,’ उनले भने ।

त्रिवि पदाधिकारीले आफूहरूलाई वार्तामा नबोलाएको उनले बताए । ‘भीसी सरले रेक्टर र रजिस्ट्रारको कार्यालय खोल्नका लागि भन्नु भयो । हामीले खोल्यौं । तर त्यसपछि वार्तामा बोलाउनु भएको छैन,’ उनले भने ।

दुई दिनभित्र माग सम्बोधन नभए आमरण अनसन बस्ने चेतावनी क्रान्तिकारीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?