
News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार सेयर बजारमा कुल १३ अर्ब ७ करोडको कारोबार भएको छ।
- टप १० ब्रोकर कम्पनीले कुल कारोबारको ३५ प्रतिशत हिस्सा ओगटेको छ।
- सेयर बजार ६३ अंकले घटेको छ।
१८ साउन, काठमाडौं । आइतबार सेयर बजारमा कुल १३ अर्ब ७ करोडको कारोबार भयो ।
यो कारोबारमा टप १० ब्रोकर कम्पनीको हिस्सा ३५ प्रतिशत हो । आइतबार टप १० ब्रोकरमार्फत कुल ४ अर्ब ४१ करोडको खरिद हुँदा ४ अर्ब ८१ करोड रुपैयाँको धितोपत्र बिक्री भएको छ ।
यस दिन पनि टप १० ब्रोकरमार्फत खरिदभन्दा बिक्री बढी देखिन्छ । ६ वटा ब्रोकर कम्पनीमार्फत बिक्री भएको छ भने ४ मार्फत खरिद बढी भएको छ ।
नासा, इम्पेरियल, भिजन, सनी, दिपशिखा र श्रीहरिमार्फत बिक्री धेरै भएको छ । त्यस्तै अनलाइन, आर्यतारा, भृकुटी र प्रिमियरमार्फत खरिद धेरै भएको छ ।
टप १० ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, ङादी ग्रुप लगायत छन् । यस दिन सेयर बजार ६३ अंक घटेको हो ।
(ब्रोकरको विस्तृत कारोबार हेर्न यहाँ क्लिक गर्नुहोस्)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4