+
+
Shares

केन्जुमा सुब्बा र नारायणबाबुको स्वरमा ‘शिव ताण्डव’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका केन्जुमा सुब्बा र गायक नारायणबाबु कोइरालाको युगल स्वरमा 'शिव ताण्डव…' भजन साउन महिनाको अवसरमा सार्वजनिक गरिएको छ।
  • भजनको भिडियो बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ र काठमाडौँको पुतलीसडकस्थित आर्टम्युज स्टुडियोमा रेकर्ड गरिएको हो।
  • भजनमा जुगल डंगोलले संगीत दिएका छन् भने भिडियोमा कृष्णप्रसाद सापकोटाले तबला वादन गरेका छन् र प्रद्युम्न मिश्राले छायांकन तथा निर्देशन गरेका छन्।

१९ साउन, काठमाडौं। गायिका केन्जुमा सुब्बा र गायक नारायणबाबु कोइरालाको युगल स्वरमा ‘शिव ताण्डव…’ भजन सार्वजनिक गरिएको छ ।

शिव भगवानको महिनाको रूपमा परिचित साउनको अवसरमा यो भजन सार्वजनिक गरिएको गायिका केन्जुमाले बताइन् ।

उनले भनिन्, ‘साउन महिना शिवको प्यारो महिना हो। शिव भगवान यही महिनामा खुसी हुने भएकाले रावणद्वारा रचित स्त्रोत शिव ताण्डवलाई भजनको रुपमा ल्याएका हौं।’

यो भजनको भिडियोलाई बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

काठमाडौँको पुतलीसडकस्थित आर्टम्युज स्टुडियोमा रेकर्ड गरिएको हो। भजनमा जुगल डंगोलले संगीत दिएका छन् भिडियोको संगीत संयोजन पनि जुगले नै गरेका हुन् ।

भजनको भिडियोमा कृष्णप्रसाद सापकोटाले तबला वादन गरेका छन् ।

पशुपति क्षेत्रमा आरती र त्यहाँ सो क्रममा नृत्य गरिएको भिडियोलाई छायांकन गरेर यो भजनमा समावेश गरिएको छ ।

भिडियोको छायांकन तथा निर्देशन प्रद्युम्न मिश्राले गरेका छन् भने अन्य दृष्यको छायांकार तथा सम्पादकमा सोहन मानन्धरले गरेका हुन् ।

भिडियोमा नरोथम न्यौपानेको नृत्य निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?