+
+
Shares

१२ कक्षाको नतिजा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १८:२०

१९ साउन, काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत अर्थात् १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

बोर्डका अनुसार नियमिततर्फ  ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० गरी ५ लाख १० हजार ९८७ जना  विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये २ लाख ४२ हजार  ४६५ जना नियमिततर्फ र आंशिकतर्फ ४१ हजार ८४० जना गरी कुल २८४ हजार ३०५ विद्यार्थी ग्रेडेड भएका हुन् । 

बोर्डका अनुसार नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो ।

बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनिक हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको थियो ।

गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?