+
+
Shares

दुर्गा प्रसाईंलाई स्वागत गर्न पुगे कांग्रेस सांसद सुनील शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते २१:२७

१९ साउन, काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि धरौटी बुझाएर डिल्लीबजार कारागार फर्किएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई स्वागत गर्न कांग्रेस सांसद सुनिल शर्मा पुगेका छन् ।

प्रसाईं केहीबेर अघिमात्रै डिल्लीबजारस्थित कारागार पुगेका हुन् । कारागारले धरौटी बुझाएपछिको बाँकी प्रक्रिया पूरा गर्नेगरी काम गरिरहेको छ ।

बैंकिङ कसुर र राजावादी आन्दोलनको घटनामा उच्च अदालत पाटनले कूल २८ लाख धरौटी मागेकोमा उनले सोमबार साँझ सो रकम बुझाएर डिल्लीबजार कारागार फर्किएका हुन् ।

दुईवटा मुद्दामा धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो ।

उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?