+
+
Shares

काठमाडौँमा अष्ट्रेलियन एजुकेशन फेयर हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १८:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौँमा नयाँ बानेश्वरमा गोरेटो एजुकेशन कन्सलट्यान्सीको आयोजनामा अष्ट्रेलियन एजुकेशन फेयर २०२५ हुने भएको छ।
  • शैक्षिक मेला १२ अगष्टबाट सुरु भएर ५ दिनसम्म चल्नेछ र अष्ट्रेलियाका विभिन्न कलेजका प्रतिनिधिहरू उपस्थित हुनेछन्।
  • फेयरमा आईएलट्स र टोफेलका बारेमा नि:शुल्क जानकारी र १० भन्दा बढी विद्यार्थीलाई परीक्षा व्यवस्था गरिनेछ।

१९ साउन, काठमाडौं। काठमाडौँमा अष्ट्रेलियन एजुकेशन फेयर २०२५ नामक शैक्षिक मेला हुने भएको छ।

नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सलट्यान्सीको आयोजनामा अध्ययनका लागि अष्ट्रेलिया जाने बिद्यार्थीहरुलाई लक्षित गर्दै अष्ट्रेलियन एजुकेशन फेयर २०२५ को आयोजना गर्न लागिएको हो ।

शैक्षिक मेला यही १२ अगष्टबाट सुरु हुनेछ भने मेला ५ दिनसम्म चल्नेछ । अष्ट्रेलियन एजुकेशन फेयर नाम दिइएको शैक्षिक मेलामा अष्ट्रेलियाका विभिन्न कलेजहरुका प्रतिनिधिहरुकै उपस्थितीमा कुन शहरका कुन विश्वविद्यालयमा जाँदा बिदार्थीलाई उपयुक्त हुन्छ भन्ने विषयमा पनि जानकारी दिइनेछ ।

यस फेयरमा अष्ट्रेलियामा रहेका विश्वबिद्यालयहरुको भौतिक संरचनादेखि दक्ष र अनुभवी काउन्स्लररुबाट पनि कोर्स सेलेक्सन, अध्ययनमा जाँदा लाग्ने लागतदेखि आईएलट्स, टोफेलका बारेमा पनि जानकारी दिइनेछ ।

फेयरमा उपस्थित हुने बिद्यार्थीहरुमध्ये १० भन्दा बढी बिद्यार्थीलाई आईएलट्स, टोफेलको नि:शुल्क व्यबस्था गरिने बताइएको छ ।

५ दिनसम्म चल्ने फेयरमा राष्ट्रिय स्तरका कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?