+
+
Shares

आलुको भाउ बढ्यो, किलोको कति ?

बजारमा रातो र सेतो गरी दुई प्रकारका आलु किन्न पाइन्छ । त्यसमध्ये रातो आलु भारतीय पनि बजारमा आउँछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते १३:४९
फाइल तस्वीर

२१ साउन, काठमाडौं । स्थानीय बजारमा आलुको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार आलुको भाउ बढेको देखाएको हो ।

बजारमा रातो र सेतो गरी दुई प्रकारका आलु किन्न पाइन्छ । त्यसमध्ये रातो आलु भारतीय पनि बजारमा आउँछ ।

आज बुधबार कालीमाटी बजारमा रातो आलु प्रतिकिलो थोकमा न्यूनतम ४६ देखि अधिकतम ४९ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै रातो आलु भारतीयको प्रतिकिलो थोक मूल्य न्यूनतम ३६ देखि अधिकतम ३८ रुपैयाँ कायम छ । आलु रातो मुडेको प्रतिकिलो न्यूनतम ४३ देखि अधिकतम ४५ रुपैयाँ र सेतो आलु न्यूनतम ३७ देखि अधिकतम ३९ रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो मंगलबार आलु रातो प्रतिकिलो ४४ देखि ४७, आलु रातो भारतीय ३५ देखि ३८ र आलु रातो मुडेको ४२ देखि ४५ र सेतो आलु ३४ देखि ३६ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै २१ असारमा आलु रातो प्रतिकिलो ४२ देखि ४५, आलु रातो भारतीय ३६ देखि ४० र आलु रातो मुडेको ३६ देखि ३८ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?