
२१ साउन, काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न दिएको समय सकिएपछि शिक्षक महासंघले बैठक बोलाएको छ । महासंघले आज २१ साउनसम्मको अल्टिमेटम दिएको थियो ।
समयभित्र ऐन जारी नभएपछि थप रणनीति बनाउन महासंघले बिहीबार (भोलि ) बैठक बोलाएको हो । ‘भोलि बैठक बस्छ । के गर्ने, कसरी जाने भनेर निर्णय गछौं,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
भोलि नै शिक्षा समिति बैठक बोलाएकाले समितिले गर्ने निर्णयको आधारमा महासंघले आफ्नो रणनीति तय गर्ने भएको छ । गत चैत २० देखि २९ दिन लामो शैक्षिक आन्दोलन गरेको महासंघले शिक्षा ऐन जारी नभए फेरि आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4