+
+
Shares

आरटीएन दिवसका अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम

कार्यक्रमको मुख्य उद्देश्य रक्त अभावमा परेका बिरामीहरूको सहायता गर्नु र नियमित रक्तदानको महत्त्वबारे जनचेतना फैलाउनु थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आरटीएन दिवसका अवसरमा विराटनगर सेन्ट्रल राउन्ड टेबल १५, ४१ क्लब ४ र ट्यांगेन्ट्स क्लब १ विराटनगरले जयहिन्द पीयू टेक विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्।
  • कार्यक्रमको मुख्य उद्देश्य रक्त अभावमा परेका बिरामीहरूको सहायता गर्नु र नियमित रक्तदानको महत्त्वबारे जनचेतना फैलाउनु रहेको आयोजकले उल्लेख गरेका छन्।
  • रक्तदान कार्यक्रममा क्लब सदस्य, स्वयंसेवक तथा स्थानीयवासिन्दाको सहभागितामा कुल ४२ पिन्ट रगत संकलन गरिएको जनाइएको छ।

२१ साउन, काठमाडौं । आरटीएन (राउन्ड टेबल नेपाल) दिवसका अवसरमा विराटनगर सेन्ट्रल राउन्ड टेबल १५, ४१ क्लब ४ विराटनगर र ट्यांगेन्ट्स क्लब १ विराटनगरको संयुक्त आयोजनामा जयहिन्द पीयू टेक विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

समाजसेवा र मानवताप्रतिको प्रतिबद्धता अनुरूप यो कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रमको मुख्य उद्देश्य रक्त अभावमा परेका बिरामीहरूको सहायता गर्नु र नियमित रक्तदानको महत्त्वबारे जनचेतना फैलाउनु थियो ।

रक्तदान कार्यक्रममा क्लब सदस्य, स्वयंसेवक तथा स्थानीयवासिन्दाको उल्लेखनीय सहभागिता रह्यो । सफल आयोजना क्रममा कुल ४२ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ ।

यस किसिमका सामाजिक सेवामूलक गतिविधिले समाजमा सकारात्मक सन्देश दिनुका साथै सहयोग र एकताको भावना पनि बलियो बनाउने विश्वास आयोजक संस्थाले व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?