+
+
Shares

बच्चा जन्मेपछि खुल्यो किशोरी बलात्कारको घटना, एकजना पक्राउ

कपिल कोइराला कपिल कोइराला
२०८२ साउन २२ गते ११:२८

२२ साउन, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोककी एक किशोरीलाई साउन २० गते पेट दुख्न थाल्यो । त्यसपछि उनलाई उपचारका लागि अस्पताल लगियो ।

सोही दिन उनले अस्पतालमा शिशुलाई जन्म दिइन् । पेट दुखेको भनेर अस्पताल आएकी अविवाहित किशोरीले बच्चा जन्माएपछि अस्पतालले प्रहरीलाई खबर गर्‍यो । प्रहरीले सोधपुछ गर्ने क्रममा ती किशोरीले बलात्कारबाट गर्भ रहेको बताइन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव खरेलका अनुसार किशोरीले विभिन्न समयमा आफूलाई जबरजस्ती करणी गरेको भनेपछि अनुसन्धानका लागि सिन्धुपाल्चोककै ५० वर्षीय एक पुरुषलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।

प्रहरीका अनुसार बलात्कारबाट गर्भ बसेको कुरा पीडित किशोरीले सुरुमा परिवारलाई समेत जानकारी नगराएको खुलेको छ । ‘पेटमा दुखेको भनेर अस्पताल ल्याइएकी ती किशोरीको परिवारले समेत गर्भवती भएको पत्ता नपाएको पाइयो,’ प्रहरी प्रवक्ता खरेलले भने ।

घटनाको गाम्भिर्यतालाई मध्यनजर गर्दै पक्राउ परेका व्यक्तिमाथि प्रहरीले जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?