News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश युनाइटेडले एभरेष्ट महिला भलिबल लिग दोस्रो संस्करणका लागि नयाँ हरियो रंगको लोगो सार्वजनिक गरेको छ।
- लोगोमा भलिबल, जानकी मन्दिर आकृति र लहरहरूले खेलकुद, संस्कृति र मधेशी गर्व दर्शाउँछन्।
- मधेश युनाइटेड टोलीमा निरुता ठगुन्ना मार्की खेलाडी र कोपिला उप्रेती प्रशिक्षक रहेका छन्।
२२ साउन, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) टोली मधेश युनाइटेडले दोस्रो संस्करणका लागि नयाँ लोगो सार्वजनिक गरेको छ ।
टोलीले सार्वजनिक गरेको लोगोमा हरियो रङ छ जसमा खेलकुद, संस्कृति र मधेशी गर्वलाई समेटेको जनाइएको छ ।
लोगोको केन्द्रमा भलिबल राखिएको छ, जसले टिमको खेल भावना र प्रतिस्पर्धा दर्शाउँछ । वरिपरिका लहरहरूले गतिशीलता, ऊर्जा र तीव्रता जनाएका छन् । माथिल्लो भागमा जानकी मन्दिरबाट प्रेरित मन्दिरको आकृति राखिएको छ, जसले मधेशको सांस्कृतिक र धार्मिक पहिचान झल्काउँछ ।
यो लोगो खेलकुद र संस्कृतिको संयोजन भएको बताइएको छ, जसले मधेशको सम्पदा र महिला भलिबलको पहिचानलाई जोडेको छ ।
मधेश युनाइटेड टिममा निरुता ठगुन्ना मार्की खेलाडीका रूपमा छन् भने अन्य खेलाडीहरूमा आरती सुवेदी, कोपिला राना, सरस्वती कट्टेल, स्नेहा ठगुन्ना, उषा विस्ट, बबिता बोहोरा र बसन्ती साउद छन् ।
टिमकी प्रशिक्षक कोपिला उप्रेती हुन् भने नीति शाह ब्रान्ड एम्बेसडर रहेकी छन् ।
इडब्लुभीएल यही भदौमा हुँदैछ भने खेलाडी अक्सन पनि सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया 4