+
+
Shares

जुवातास खेलेको आरोपमा १२ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते १२:२१

२२ साउन, काठमाडौं । जुवातास खेलेको आरोपमा काठमाडौं दुई फरक ठाउँबाट १२ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१६ नागरिक बजारस्थित एक होटलबाट पाँच जना पक्राउ परेका छन् ।

धादिङको गंगाजमुना गाउँपालिका–६ घर भएका ३१ वर्षीय राजु न्यौपानेको मामाभन्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिट रानिवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १३५ रूपैयाँ र एक बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपलिका–१६ माछापोखरी बस्ने विजय थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।

सोही ठाउँ बस्ने झापा भद्रपुर नगरपालिका–१ घर भएकी ५२ वर्षीया लक्ष्मी तामाङ समेत सात जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ३०० रूपैयाँ र तीन बुक तास सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?