+
+
Shares

नेपाल र श्रीलंकाका राष्ट्रिय चेम्बरबीच सहकार्य गर्ने समझदारी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल-श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र चेम्बर अफ एक्सपोर्ट श्रीलंकाबीच व्यापार, लगानी र संयुक्त उद्यममा सहकार्य गर्ने समझदारी भएको छ।
  • सम्झौतापत्रमा हस्ताक्षर नेपालका लागि नरेन्द्र बल्लभ पन्त र श्रीलंकाका एम. शिहम मारिकरले गरेका हुन्।
  • सम्झौतापत्रले दुई देशबीच व्यापार प्रवर्द्धन, भ्रमण र अन्तर्राष्ट्रिय मेला आयोजना गर्ने व्यवस्था राखेको छ।

२२ साउन, काठमाडौं । नेपाल-श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र चेम्बर अफ एक्सपोर्ट श्रीलंकाबीच व्यापार, लगानी, संयुक्त उद्यम लगायतका विषयमा सहकार्य गर्ने समझारी भएको छ ।

नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई) का महासचिव नरेन्द्र बल्लभ पन्त र श्रीलंकाका राष्ट्रिय निर्यातकर्ता चेम्बर अफ कमर्शका एम. शिहम मारिकर (महासचिव/प्रमुख कार्यकारी अधिकृत) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपालका लागि श्रीलंकाका एक्टिङ एम्बेस्डर चार्ल्स डी अफेयर्स (एआई) चमेरा मुनासिंघेको उपस्थितिमा भएको जुम मिटिङमार्फत यो सम्झौता भएको हो ।

मुनासिंघेले सम्झौता ऐतिहासिक भएको बताउँदै आगामी दिनमा दुई मुलुकबीच व्यावसायिक गतिविधि बढ्ने धारणा राखिन् ।

सेप्टेम्बर १८ देखि २१ सम्म श्रीलंकामा इन्ड्रस्ट्रियल एक्स्पो हुने भएको छ । उक्त एक्स्पोमा नेपालका प्रतिनिधिमण्डल सहभागी हुनेछन् । आगामी दिनमा नेपालमा पनि सोही प्रकृतिको एक्स्पो हुने र श्रीलंकाका प्रतिनिधि सहभागी हुनेछन् ।

दुई मुलुकबीच सेवा र औद्योगिक सहयोग बढाउने साझा चाहनालाई ध्यानमा राख्दै दुई संस्थाहरूबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा हस्ताक्षरपछि दुई संस्थाका सदस्यहरू एकअर्काको मुलुकमा व्यक्तिगत एवं सामूहिक भ्रमण गर्न सक्नेछन् । त्यसरी गरिने भ्रमणले स्थानीय र राष्ट्रिय आर्थिक गतिविधि बढाउनुका साथै दुई देशहरूसँग सम्बन्धित बजारसँग सम्बन्धित तथ्याङ्क, आर्थिक विकास पहलहरू, विदेशी व्यापार र लगानी नीतिहरूमा नियमित रूपमा छलफल हुनेछ ।

साथै व्यापार, लगानी, सेवा, व्यापारिक सम्बन्ध, भ्रमण र व्यवसायीक समूहहरूको आदानप्रदानका साथै व्यापार प्रवर्द्धनका सम्भाव्य गन्तव्यका बारेमा थप छलफल गरिने सम्झौतामा उल्लेख छ ।

सम्झौतापत्रमा आ-आफ्नो देशमा आयोजना हुने अन्तर्राष्ट्रिय मेला, प्रदर्शनी र व्यापार प्रवर्द्धन कार्यक्रमहरूको आयोजना गरिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?