+

टिकटक बन्यो एभरेष्ट महिला भलिबल लिगको ‘इन्टरटेनमेन्ट पार्टनर’

२०८२ साउन  २२ गते १७:११ २०८२ साउन २२ गते १७:११
टिकटक बन्यो एभरेष्ट महिला भलिबल लिगको ‘इन्टरटेनमेन्ट पार्टनर’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि टिकटक आधिकारिक इन्टरटेनमेन्ट पार्टनर बनेको छ।
  • लिग सेप्टेम्बर ५ देखि १३ (भदौ २० देखि २८) सम्म आयोजना हुनेछ र यो नेपालमा महिला खेलाडी सशक्तिकरणमा योगदान गर्नेछ।
  • टिकटकसँगको सहकार्यले खेलाडीहरूको कथा डिजिटल दुनियाँसम्म पुर्याउने र लिगलाई अन्तर्राष्ट्रिय बनाउने लक्ष्य राखिएको छ।

२२ साउन, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करणका लागि टिकटक आधिकारिक इन्टरटेनमेन्ट पार्टनरको रुपमा जोडिएको छ । आयोजक ईन्फिनिटी ड्रिम्सले बिहीबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै टिकटक लिगको आधिकारिक मनोरञ्जन पार्टनर बनेको जानकारी दिएको हो ।

एभरेष्ट महिला भलिबल लिगको दोसो सेप्टेम्बर ५ देखि सेप्टेम्बर १३ (भदौ २० देखि २८ गते) सम्म आयोजना हुनेछ । यो साझेदारी नेपालको राष्ट्रिय खेलका लागि एक परिवर्तनकारी अध्याय रहेको आयोजकले जनाएको छ ।

‘विश्वकै चर्चित छोटो भिडियो प्लेटफर्म टिकटक अब वात्सल्य इडब्लुभि लिगको अन्तर्राष्ट्रियकरण, राष्ट्रिय भावना, महिला खेलाडीहरूको सशक्तिकरण र सांस्कृतिक महत्त्वलाई अझ फैलाउने उद्देश्यका साथ भलिबल कोर्टमा प्रवेश गर्दैछ’ विज्ञप्तिमा उल्लेख छ ।

एभरेष्ट महिला भलिबल लिग नेपालको पहिचानलाई बलियो बनाउँदै एक समग्र रूपमा सुन्दर र गर्विलो खेल अभियान बन्ने दिशामा अगाडि बढेको र यो सहकार्यले नेपालको महिला खेलाडीहरूको प्रेरणादायी कथा, दर्शकहरूको जोश र लिगको रोचक माहोललाई हिमालयको मुटुबाट डिजिटल दुनियाँसम्म पुर्याउने लक्ष्य लिएको आयोजकको भनाइ छ ।

टिकटक साउथ एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविद भन्छन्, ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिगसँग सहकार्य गर्न पाउँदा टिकटक निकै उत्साहित छ । हामी यसलाई नेपाली राष्ट्रिय खेललाई उत्सवको रूपमा मनाउन, महिला सशक्तिकरणमा टेवा पुर्याउन र नेपाली भलिबललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने ऐतिहासिक अवसरको रूपमा हेरीरहेका छौं । वात्सल्य एभरेस्ट महिला भलिबल लिग एक साहसी आयोजन हो, जसले अन्तर्राष्ट्रिय पहिचानको हकदार छ। हामी यसलाई सफल बनाउन सहयोग गर्न आएका हौं ।’

वात्सल्य एभरेस्ट महिला भलिबल लिगकी सीईओ स्नेभी चापागाईं भन्छिन्, ‘यो एक गेम चेन्जर साझेदारी हो । टिकटकसँगको सहकार्यले हाम्रो प्रभाव अझ फैलिनेछ । हामी नेपाली महिला खेलको कथा यस्तो रूपमा संसारलाई सुनाउँदैछौं, जुन अहिलेसम्म कहिल्यै देखिएको थिएन,’ चापागाईँले भनिन्, ‘हामी विश्वास गर्छौँ कि यो सहकार्यले वात्सल्य इडब्लुभिको सशक्त कथाहरूलाई गाउँ सहरका घर-घरमा र विश्वभर पुर्याउनेछ । यो लिगलाई अन्तर्राष्ट्रिय बनाउने दिशामा एक महत्वपूर्ण कदम हो।’

एक भन्दा बढी खेलाडी, प्रशिक्षक, खेलकर्मी, मिडिया र सेलिब्रेटीहरूको सहभागिता रहने एभरेष्ट महिला भलिबल लिग खेल मात्रै नभएर एक अभियान बनेको आयोजकको भनाइ छ ।

नेपालभित्र र विदेशमा पनि टिकटक चर्चित रहेको र यसको फ्यानवेस दिनप्रतिदिन बढ्‌दो छ । टिकटकको साथमा, लिगको चर्चा अझ बढ्ने र सफलता हुने सुनिश्चित छ ।

यो सहकार्य अन्तर्गत वात्सल्य इडब्लुभि र टिकटक मिलेर टिम र खेलाडीहरूको पर्दा पछाडिको भिडियो सामग्री निर्माण गर्ने, इन्ष्ट्राग्राम-टिकटक च्यालेन्ज (#EWVOnTik Tok #Aba Palo Mahilako प्रयोग गरेर) गर्ने, भलिबल स्टारहरूसँग कन्टेन्ट क्रिएटरको सहकार्य गर्ने, डिजिटल दर्शकहरूका लागि हाइलाइट भिडियो र लाइभ अपडेटहरू प्रदान गर्ने, स्टेडियममा दर्शकहरूले आफैं भिडियो बनाउन सक्ने टिकटक जोनहरु बनाउने जस्ता गतिविधि रहनेछ ।

वात्सल्य एभरेस्ट महिला भलिबल लिग एसियाकै पहिलो पेशेवर महिला भलिबल फ्रेन्चाइज लिग हो । दोस्रो संस्करणको लिगका लागि खेलाडीको अक्सन समेत गरिएको थियो ।

यस लिगलाई नेपाल भलिबल संघले पनि स्वीकृति प्रदान गरेको छ ।

एभरेष्ट महिला भलिबल लिग टिकटक

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय