News Summary
Generated by OK AI. Editorially reviewed.- अशोक खड्काले अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता प्राप्त तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्।
- अशोकले अगस्ट १४ देखि १७ सम्म अस्ट्रेलियाको गोल्डकोस्टस्थित कारा रंगशालामा हुने प्रतियोगितामा पुम्से र ग्यारोगी विधामा खेल सञ्चालन गर्नेछन्।
- अशोकले अगस्ट ९ र १० मा मलेसियाको क्वालालम्पुरमा हुने मलेसियन ओपनमा पनि निर्णायकको भूमिका निर्वाह गर्नेछन्।
२२ साउन, काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता प्राप्त तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।
उनले अस्ट्रेलियामा हुने विश्व वरीयता जी–३ डब्लुटी प्रेसिटेन्ड कप ओसिएना, डब्लुटी प्रेसिटेन्ड कपमा जी–३ को पारातर्फको प्रतिस्पर्धा, विश्व वरीयता जी–२ अस्ट्रेलियन ओपन र पारा अस्ट्रेलियन ओपनर गरी चार वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न लागेका हुन् ।
उनले प्रतियोगितामा पुम्से र ग्यारोगी गरी दुवै विधाको प्रतिस्पर्धाका खेल सञ्चालन गर्ने छन् । यी चार वटा प्रतियोगिता अगस्ट १४ देखि १७ सम्ममा अस्ट्रेलियाको गोल्डकोस्टस्थित कारा रंगशालामा हुँदैछन् । यी प्रतियोगितामा अशोक यसअघि पनि निर्णायक रहिसकेका छन् ।
अस्ट्रेलियामा तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्नुअघि उनले मलेसियामा हुने अर्को प्रतियोगितामा निर्णायक भएर काम गर्नेछन् । अगस्ट ९ र १० मा मलेसियाको क्वालालम्पुरमा हुने मलेसियन ओपन तेक्वान्दो प्रतियोगितामा उनी निर्णायकको भूमिकामा हुनेछन् ।
त्यसका लागि अशोक शुक्रबार मलेसिया जाँदैछन् । उनी मलेसियाबाटै अस्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।
नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत रहेका उनले चार दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
प्रतिक्रिया 4