+

मिचेल ओवेन अस्ट्रेलियाको ओडिआई टोलीमा पनि समावेश

२०८२ साउन  १४ गते ७:२० २०८२ साउन १४ गते ७:२०
मिचेल ओवेन अस्ट्रेलियाको ओडिआई टोलीमा पनि समावेश

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियन अलराउण्डर मिचेल ओवेनलाई दक्षिण अफ्रिकासँगको टी-२०आई र एकदिवसीय श्रृंखलाका लागि टोलीमा समावेश गरिएको छ।
  • ओवेनले वेस्ट इन्डिजसँगको टी-२०आईमा डेब्यूमै अर्धशतक बनाएका थिए र बिग ब्यास तथा मेजर लिग क्रिकेटमा राम्रो प्रदर्शन गरेका थिए।
  • टी-२०आई टोलीमा मिचेल मार्श कप्तान छन् भने एकदिवसीय टोलीमा पनि मिचेल मार्शले कप्तानी गर्नेछन्।

१४ साउन, काठमाडौं । अस्ट्रेलियन अलराउण्डर मिचेल ओवेनले अस्ट्रेलियाको एकदिवसीय टोलीमा पनि स्थान बनाएका छन् । दक्षिण अफ्रिकासँग घरमै हुने टी-२०आई र एकदिवसीय श्रृंखला खेल्ने टोलीमा ओवेन समावेश भएका हुन् ।

वेस्ट इन्डिजसँगको खेलबाट टी-२०आईमा अघिल्लो साता डेब्यू गरेका ओवेनले डेब्यूमै अर्धशतक बनाएका थिए । त्यसअघि उनले बिग ब्यास र मेजर लिग क्रिकेटमा गरेको प्रदर्शनका आधारमा अस्ट्रेलियन टोलीमा स्थान पाएका थिए ।

अस्ट्रेलियाले दक्षिण अफ्रिकासँग आगामी १० अगस्टदेखि ३ खेलको टी-२०आई श्रृंखला खेल्नेछ भने त्यसपछि १९ अगस्टबाट एकदिवसीय श्रृंखला खेल्नेछ ।

टोलीमा ट्राभिस हेड र जोश हेजलवूड फर्किएका छन् । प्याट कमिन्स र मिचेल स्टार्क श्रृंखला नखेल्ने हुँदा एकदिवसीय टोलीमा पनि मिचेल मार्शले नै कप्तानी गर्नेछन् ।

टी-२०आई टोली : मिचेल मार्श (कप्तान), बेन डारशुइस, नेथन एलिस, क्यामरन ग्रीन, जोश हेजलउड, ट्राभिस हेड, जोश इङ्लिस, मिचेल ओवेन, म्याथ्यु शर्ट, एडम जाम्पा, शन एबट, टिम डेभिड, म्याथ्यु कुहनेमान, ग्लेन म्याक्सवेल

एकदिवसीय टोली : मिचेल मार्श (कप्तान), बेन डारशुइस, नेथन एलिस, क्यामरन ग्रीन, जोश हेजलउड, ट्राभिस हेड, जोश इङ्लिस, मिचेल ओवेन, म्याथ्यु सर्ट, एडम जाम्पा, जेभियर बार्टलेट, एलेक्स केरी, मार्नस लबुशेन, ल्यान्स मोरिस

अस्ट्रेलियन क्रिकेट टोली मिचेल ओवेन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय