
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा 'बौद्धिकतामा लगानी : नेपालको दिगो आर्थिक विकासका लागि शिक्षा' विषयक अन्तर्राष्ट्रिय शैक्षिक गोष्ठी सम्पन्न भएको छ।
- नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चीरञ्जीवी नेपाल प्रमुख अतिथि तथा मुख्य वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियो।
- गोष्ठीमा शिक्षा, सिप विकास र रोजगारीबीचको सम्बन्धबारे प्यानल छलफल र विभिन्न अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिएको थियो।
२३ साउन, काठमाडौं । ‘बौद्धिकतामा लगानी : नेपालको दिगो आर्थिक विकासका लागि शिक्षा’ भन्ने मूल विषयसाथ शुक्रबार राजधानीमा एक दिने अन्तर्राष्ट्रिय शैक्षिक गोष्ठी सम्पन्न भएको छ ।
अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनिया तथा काठमाडौं मोडल कलेज सहआयोजक रहेको यो कार्यक्रम बागबजारस्थित मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा कार्यक्रम सम्पन्न भएको हो ।
यस कार्यक्रमको उद्देश्य शिक्षामा लगानी मार्फत नेपालको दिगो आर्थिक विकासमा योगदान पुर्याउने रणनीतिहरूमा बहस र विमर्श भएको आयोजकले जनाएको छ ।
प्रमुख अतिथि तथा मुख्य वक्ताका रूपमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चीरञ्जीवी नेपालले सम्बोधन गरेका थिए ।
अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियाको ग्रेजुएट स्कुल अफ एजुकेसनका डा.अमृत थापा, इकोनोमिक डेभलपमेन्टका लागि इनोभेसन एकेडेमीकी प्रमुख कार्यकारी अधिकृत दुर्गा थापा लगायत सहभागी थिए ।
विशेष अतिथिमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. प्रकाशकुमार श्रेष्ठ, सीईडीएका निर्देशक प्रा. डा. अर्जुनकुमार बराल, डा. नवराज खतिवडा, प्रा. डा. रिद्दिस पोखरेल, पूर्वबैंकर भुवन दाहाल, अन्तर्राष्ट्रिय श्रम संगठनका डा. प्रकाश शर्मालगायत सहभागी थिए ।
प्राविधिक सत्रमा विभिन्न अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिएको थियो । देवीराम आचार्यले ‘इक्जामिङ इन्भेस्टमेन्ट इन एजुकेसन इन नेपाल बाई लेभल्स अफ एजुकेसन’ शीर्षकमा विद्यालयदेखि उच्च शिक्षासम्मको लगानी संरचनाबारे, डा. शैलेन्द्र झाले ‘फ्रम मार्जिन टु मिनिमम : हाउ एजुकेसन अपलिफ्टस् लाइभ्स एन्ड इकोनोमी इन नेपाल’ शीर्षकमा शिक्षा र जीवनस्तरबीचको सम्बन्धबारे प्रस्तुत गर्नेछन् । दुर्गा थापाले चौथो कार्यपत्र प्रस्तुत गर्नेछिन् ।
प्यानल छलफल सत्रमा प्रा. डा. रिद्दिस पोखरेल, भुवन दाहाल लगायत प्यानलिस्टले शिक्षा, सिप विकास र रोजगारीबीचको सम्बन्ध, शिक्षा प्रणालीको गुणस्तर र आर्थिक विकासमा यसको प्रभावबारे बहस ग गरिएको थियो।
सहभागीका प्रश्नोत्तर र अनुभव आदान–प्रदान गरेर छलफललाई अझ सजीव बनाइएको थियो।
कार्यक्रममा विभिन्न शैक्षिक संस्था, सञ्चार माध्यम, शिक्षक, विद्यार्थी र स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति थियो ।
प्रतिक्रिया 4