+

एसियन गेम्समा नेपाली खेलाडीको सहभागिता निश्चित गराउन एनएनआईपीएको माग

२०८२ साउन  २३ गते १६:०५ २०८२ साउन २३ गते १६:०५
एसियन गेम्समा नेपाली खेलाडीको सहभागिता निश्चित गराउन एनएनआईपीएको माग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले २०८३ सालमा जापानमा हुने २०औं एसियन गेम्समा नेपालको सहभागिता सुनिश्चित गर्न सबै पक्षलाई पहल गर्न आग्रह गरेको छ।
  • सरकार र नेपाल ओलम्पिक कमिटीबीचको विवादले एसियन गेम्समा नेपाली खेलाडीको सहभागितामा अन्योल बढेको एनएनआईपीएले जनाएको छ।
  • खेलाडीहरूले मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षण गरिरहेका छन्, तर विवादले उनीहरूको मानसिकता र तयारीमा असर परेको छ।

२३ साउन, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले अर्को वर्ष जापानमा आयषोजना हुने २०औं एसियन गेम्समा नेपालको सहभागिता निश्चित गराउन सबै पक्षले पहल गर्नुपर्ने जनाएको छ ।

एनएनआईपीएले शुक्रबार विज्ञप्ती जारी गर्दै नेपाल सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच सुरु भएको विवादले अर्को वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता हुने नहुनेमा आशंका बढ्न थालेको भन्दै ध्यानाकर्षण गराएको छ ।

‘नेपाल सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच सुरु भएको विवादले अर्को वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता हुने नहुनेमा आशंका बढ्न थालेको छ,’ एनएनआईपीए अध्यक्ष दीपक श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस्ता विवादका घटनाक्रमले मिसन २०२६ को विशेष प्रशिक्षण तथा अन्य नियमित प्रशिक्षणमा रहेका खेलाडीमा अन्यौलता बढाएको छ । यसतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं ।’

नेपाली खेलकुदमा यस्ता विवादले खेलाडी मारमा पर्ने भएकोले यस्तो अन्योललाई चिर्न जरुरी रहेको एनएनआईपीएले जनामएको छ । ‘खेलकुदमा देखिने पटक पटकको विवादले सबैभन्दा बढी मार खेलाडीलाई पर्ने गरेका छन्, विज्ञप्तीमा उल्लेख छ, ‘सरकार र एनओसीको अहिलेको विवादले यथास्थितिमा रहने हो भने एसियाली खेलकुदमा नेपालको सहभागितामा प्रश्न उठ्छ नै । अहिलेको यो अन्यौलतालाई चिर्न जरुरी छ। यसले तयारीमा रहेका खेलाडीको मानसिकता असर पर्न सक्छ ।’

वर्षौँ देखि तयारी गर्दै बएका खेलाडीले यस्तै एसियन गेम्समा सहभागि हुन नपाए त्यसको जिम्मा कसले लिने भन्ने प्रश्न पनि एनएनआईपीएले उठाएको छ ।

‘वर्षोंदेखि तयारी गर्दै आएका खेलाडीले एसियाली खेलकुदमा भाग लिन नपाउने अवस्था सृजना भएको अवस्थामा त्यसको जिम्मेवारी कसले लिने । एक अर्कालाई दोषारोपण गरेर उम्कने प्रवृत्ति नेपाली खेलकुदमा नौलो होइन । यसतर्फ पनि हामी सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं ।’

विवादमा को सहि को गलत भन्दा पनि एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता निश्चित गराउन सबै पक्षको पहलका लागि खेलाडी संघले आग्रह गरेको छ ।

नेपालमा हाल सरकार र नेपाल ओलम्पिकक कमिटीको विवादले २०२६ सेप्टेम्बरमा आइची नागोयामा हुने २०औं एसियन गेम्समा नेपालको सहभागिता हुने नहुने अन्योल छ भने खेलाडीहरू मारमा परेका छन् ।

२०औं एसियन गेम्सका लागि यसअघि नै युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटीबा६ फरक-फरक नामको सूची आयोजकसमक्ष दर्ता गरिएको थियो । जसमा मन्त्रालयले पठाएको ३१ खेलको सूची दर्ता भएन भने ओलम्पिक कमिटीले पठाएको ३० खेलको सूची दर्ता भएको थियो ।

तर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ओलम्पिक कमिटीको नयाँ तदर्थ समिति गठन गरेर एसियन गेम्समा नेपाली खेलाडीको सहभागिता गराउन पहल गर्ने केही दिअघि भएको एक कार्यक्रममा बताएका थिए ।

खेलाडीहरू मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षण गरिरहेका छन् । तर खेलकुदका सम्बन्धित निकायहरू भने आ-आफ्नो अडानमा बस्दा अहिले त्यसको प्रत्यक्ष मार खेलाडीहरूमा परिरहेको छ ।

एनएनआईपीए

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय