+
+
Shares

आशान्त शर्मा अभिनित फिल्म ‘ताराहरू’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २४ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘ताराहरू’को मर्मस्पर्शी ट्रेलर भदौ ६ गतेदेखि प्रदर्शन तयारीमा सार्वजनिक भएको छ।
  • निर्देशक आशान्त शर्माले ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथा समेटिएको बताए।
  • फिल्ममा आर्थिक समस्याले ल्याउने पारिवारिक विचलन र दाम्पत्य सम्बन्धको संघर्ष देखाइएको छ।

काठमाडौँ । भदौ ६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘ताराहरू’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा एक मध्यमवर्गीय परिवारको कथा समेटिएको छ ।

निर्देशक आशान्त शर्माका अनुसार ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित छ । विशेषतः सहरको निम्न मध्यमवर्गीय परिवारको कथा फिल्ममा देखाइएको उनको भनाइ छ ।

फिल्ममा अन्य कलाकारका रुपमा कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय छ ।

शीर्ष भूमिकामा देखिएका आशान्तले दाम्पत्य सम्बन्धलाई खुसी राख्न गर्ने संघर्षको कथा यसमा छ । आर्थिक समस्याले ल्याउने पारिवारिक विचलनको कथा पनि यसमा छ ।

गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनीले निर्माता रहेको फिल्म वेज प्रालिले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?