+
+
Shares

‘ताराहरू’मा आशान्तको हाँसो र आँशुको द्वन्द्वपूर्ण लुक्स

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ ६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘ताराहरू’को पोस्टर सार्वजनिक भएको छ।
  • निर्देशक आशान्त शर्माले ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित रहेको बताउनुभएको छ।
  • फिल्ममा आशान्त शर्मा, मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का लगायत कलाकारको अभिनय छ।

काठमाडौँ । भदौ ६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘ताराहरू’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा आन्तरिक द्वन्द्वमा अल्झिएका चरित्रहरू देखिएका छन् ।

अभिनेता आशान्त शर्माको लुक्स अशान्त र मानसिक रूपमा विचलित देखिन्छ भने साथमा देखिएकी अभिनेत्री मेनुका प्रधानको चरित्रले भने केही भिन्नताको आभास दिन्छ ।

निर्देशक शर्माका अनुसार ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित छ । विशेषतः सहरको निम्न मध्यमवर्गीय परिवारको कथा फिल्ममा देखाइएको उनको भनाइ छ ।

फिल्मको निर्देशन शर्मा स्वयंले गरेका हुन् । फिल्ममा अन्य कलाकारका रुपमा कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय छ ।

गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनीले निर्माता रहेको फिल्म वेज प्रालिले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?