
२४ साउन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) महन्थ ठाकुरले जनताले चाहेको खण्डमा अहिलेको शासन सत्ता एकैछिनमा ढल्ने बताएका छन् ।
संघीय लोकतान्त्रिक मोर्चाले कैलालीमा आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाबारे ‘जनजागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
अधिकार र पहिचानका लागि थारु र मधेशका सयौं सपुतले बलिदानी दिए पनि अधिकारी पाउन नसकेको उनको गुनासो थियो ।
‘अधिकार र पहिचानको निम्ति थारु र मधेशीका सयौं सपुतहरुले बलिदानी दिए तर हामीले अधिकार पाएनौं,’ उनले भने ।
वर्षौंदेखि जरा गाडेर बसेको राजतन्त्र पनि ढलेको बताउँदै जनताले चाहे अहिलेको शासन सत्ता पनि ढल्ने उनको भनाइ छ ।
‘जनताले अस्वीकार गरेर राजतन्त्र ढल्न सक्छ भने अहिलेको शासन सत्ता पनि जनताले चाह्यो भने एकछिनमा ढालिदिन सक्छ,’ ठाकुरले भनेका छन् ।
देशमा संघीयता आए पनि अधिकार भने नपाएको उनको गुनासो थियो ।
आफूहरूले बनाएको मोर्चा सोही अधिकार प्राप्तिका लागि संघर्ष गर्नका लागि बनेको ठाकुरको भनाइ छ ।

प्रतिक्रिया 4