+
एनपीएल अक्सन :

एनपीएल अक्सन : यी हुन् सबैभन्दा महंगो रकममा अनुबन्ध हुने खेलाडीहरू

२०८२ साउन  २४ गते २०:४९ २०८२ साउन २४ गते २०:४९
एनपीएल अक्सन : यी हुन् सबैभन्दा महंगो रकममा अनुबन्ध हुने खेलाडीहरू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भएको छ ।
  • ए क्याटेगोरीका चार खेलाडी १५ लाख रुपैयाँमा अनुबन्ध भएका छन्।
  • अब विश लिस्टबाट टिमले बाँकी स्लट पूरा गर्ने छन्।

२४ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भएको छ ।

अक्सनबाट ए क्याटेगोरीमा रहेका ९ खेलाडीबाट चारजना सबैभन्दा महँगो अर्थात् १५ लाख रुपैयाँमा अनुबन्ध भएका छन् ।

ए क्याटेगोरीका देव खनाल सबैभन्दा पहिले अनुबन्ध भएका थिए । उनलाई चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम १५ लाखमा चाहेपछि भएको लक्की ड्र बाट चितवनले अनुबन्ध गर्न सफल भयो ।

त्यस्तै अर्जुन साउदमाथि चितवन, विराटनगर किङ्स र कर्णाली याक्सले महँगो रकममा बोली लगाउँदा यसपटक पनि लक्की ड्र मा चितवन भाग्यमानी साबित भयो ।

पहिलो सिजनमा चोटका कारण अक्सनमै समावेश नभएका पवन सर्राफमाथि ४ टोलीले बोली लगाएका थिए । उनलाई चितवन, लुम्बिनी, कर्णाली र विराटनगरले अधिकतम १५ लाखमा चाहँदा भएको लक्की ड्र बाट कर्णालीले अनुबन्ध गर्‍यो ।

सबैभन्दा व्यग्र प्रतीक्षामा रहेका आदिल आलममाथि ८ वटै टोलीले बोली लगाएका थिए । न्युनतम मूल्य १० लाखबाट सुरु भएको बोली १५ लाख रुपैयाँमा पुग्दा सबै ८ वटै टोली इच्छुक देखिएका थिए ।

त्यसपछि भएको लक्की ड्र बाट काठमाण्डु गोर्खाज भाग्यमानी साबित भयो र आदिल काठमाण्डुमा १५ लाख रुपैयाँमा अनुबन्ध भए ।

ए क्याटेगोरीका अन्य खेलाडीमा दिलिप नाथ र सूर्य तामाङ बेस रकम अर्थात् १० लाख रूपैयाँमा क्रमश: लुम्बिनी लायन्स र विराटनगर किङ्समा अनुबन्ध भए ।

अझै केही टोलीहरूले आफ्नो स्लट पूरा गर्न बाँकी रहेकाले अब विश लिस्टबाट टिमहरूले खेलाडी छान्ने छन् ।

२६ खेलाडी अक्सनबाट अनुबन्ध भइसकेका छन् ।

एनपीएल अक्सन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय