News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी साम्बा म्याक्सिम्याक्स एजुकेसन एण्ड माईग्रेसनको ब्राण्ड एम्बासडर नियुक्त भएकी छन्।
- साम्बाले एक महिना अघि उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटमा नेपाली टोलीको कप्तानी सम्हालेकी थिइन्।
- साम्बा युरोपको फ्रेन्च लिग खेलिसकेकी छन् र आगामी सिजनका लागि न्युजिल्याण्डको वेलिङ्गटन फोएनिक्स क्लबमा अनुबन्ध भएकी छन्।
२७ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी साम्बा म्याक्सिम्याक्स एजुकेसन एण्ड माईग्रेसनको ब्राण्ड एम्बासडर नियुक्त भएकी छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा म्याक्सिम्याक्स र सावित्राबीच ३ वर्षका लागि सम्झाैता भएको हो । सम्झाैतामा म्याक्सिम्याक्सका एमडी रोजन कुमार दवाडी र सावित्राले हस्ताक्षर गरिन् ।
साम्बाले पहिल्यैदेखि ब्रान्ड एमबासडर बन्ने सपना देखेको र त्यो आज पूरा भएको उल्लेख गर्दै म्याक्सिमससँग जोडिन पाउँदा खुसी लागेको बताइन् । उनले आगामी पुस्ताका लागि पनि यो प्रेरणा हुने बताइन् ।
‘म्याक्सिमससँग जोडिन पाउँदा खुसी छु, आगामी दिनमा अझै राम्रो गर्नका लागि ऊर्जा पनि प्राप्त भएको छ’ साम्बाले भनिन् ।
‘आपसी सम्बन्धमा दुवैलाई फाइदा हुनेगरी सम्झाैता गरेका छाैं । सावित्राले हामीलाई प्रोमोसनहरुमा सघाउनुहुनेछ’ एमडी रोजन कुमार दवाडीले भने । सम्झाैता रकम भने खुलाइएको छैन ।
गोल मेसिनको उपमा पाएकी साम्बाले नेपालका लागि सर्वाधिक ६४ गोल गरेकी छन् । उनले एक महिना अघि उज्बेकिस्तानमाभएको एएफसी महिला एसियन कप छनोट मार्फत नेपाली महिला टोलीको कप्तानी सम्हालेकी थिईन् ।
युरोपमा लिग खेल्ने पहिलो नेपाली महिला खेलाडीको कीर्तिमान बनाएकी साम्बाले फ्रेन्च लिग खेलिसकेकी छन् ।
उनी आगामी सिजनका लागि न्युजिल्याण्डको क्लब वेलिङ्गटन फोएनिक्समा अनुबन्ध भएकी छन् । वेलिङ्गटनले अष्ट्रेलियन शीर्ष डिभिजनको महिला लिग खेल्ने गर्छ ।
साम्बाले भारतीय महिला लिग समेत खेलिसकेकी छिन् । उनले त्यसअघि नेपालमा विभागीय टोली एपीएफबाट समेत खेलिसकेकी छन् ।
साम्बाले नेपाल र भारतमा महिला लिग जितिसकेकी छन् ।
प्रतिक्रिया 4