
२७ साउन, वीरगञ्ज । नेकपा एमालेका नेता विष्णु रिजालले केपी शर्मा ओलीलाई फेरि अध्यक्ष बनाउन पार्टी विधान संशोधन गरिएको बताएका छन् ।
मनव अधिकार एलायन्सका इन्चार्ज रिजालले ओलीकै लागि ७० वर्षे उमेर हदको व्यवस्था हटाइएको लुकाउन आवश्यक नरहेको बताएका हुन् । ‘मोही माग्ने, ढुंग्रो लुकाउने गर्न आवश्यक छैन । हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष बनाउन विधानको व्यवस्था हटाएको हो’, रिजालले भने ।
दुई कार्यकाल भन्दा बढी एउटै पदमा बस्न नपाउने व्यवस्था भने दशौं राष्ट्रिय महाधिवेशनबाट हटाइएकोमा प्रष्ट हुनुपर्ने रिजालले बताए । ‘दुई कार्यकालको व्यवस्था दशौं महाधिवेशनबाटै हटाइसकेका हौ’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4